२८ कार्तिक २०८३, शनिबार

एमाले महासचिव पोखरेल आउँदा मधेसमा एमालेको जनसागर उर्लियो (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nabalparasi-uml-1

– मोहन पौडेल

परासी, ३१ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले २०७४ माघ सात गतेभित्र तीन वटा तहको चुनाव नभए मुलुक संवैधानिक र राजनीतिक संकटमा फस्ने खतरा रहेको बताउनुभएको छ ।

नेकपा एमाले क्षत्रिय कमिटी क्षेत्र नं. ४ नवलपरासीको दोस्रो क्षत्रिय अधिवेशनलाई शुक्रबार सदरमुकाम परासीमा सम्बोधन गर्दै महासचिव पोखरेलले सो अवधिभित्र स्थानीय, प्रदेश र संघिय तहको निर्वाचन गर्नेपर्ने बाध्यता रहेको बताउनुभयो ।

मधेसमा एमालेको माहोल नभएको हल्ला भइरहेको बेला शुक्रबार परासीमा भने एमालेको जनसागर नै उर्लेको छ ।

सो अवधिभित्र तीन वटै तहको चुनाव हुन नसके मुलुक फेरि तानाशाहको शासनमा फर्किने, जनताका अधिकार गुम्ने र लोकतन्त्र नै धरापमा पर्ने खतरा रहेकोले सबै दल एक भएर चुनावतर्फ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । महासचिव पोखरेलले संविधान कार्यान्वयन र संसोधनको नाममा एमालेलाई एक्लाउने प्रयास भईरहेको भन्दै सचेत हुन आग्रह गर्नुभएको छ । कसैले चाहदैँमा एमाले नएक्लने भन्दै उहाँले राष्ट्रिय स्वभिमान र आत्मर्निभरताको अडान एमालेले नछाड्ने उहाँले दावी गर्नुभयो ।

nabalparasi-uml

एमाले महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्र सहितका दलहरुलाई नेपाल संविधान विहिन देख्न चाहेका विदेश शक्तिले आस र त्रास देखाएकाले माओवादी केन्द्रले गठबन्धन तोडेको आरोप लगाउनुभयो ।

यसैगरी एमाले केन्द्रीय सदस्य एवँ नवलपरासी क्षेत्र नं. ४ का सांसद वैजनाथ चौधरीले एमाले मधेस विरोधी पार्टी भनेर प्रचार गर्नेहरुलाई त्यो सिद्ध गरेर देखाउन चुनौति दिनुभयो । ईतिहासमै पहिलो पटक तराईका सदरमुकामलाई व्यवस्थित बनाउन पचास करोड विनियोजन गर्ने, पूर्व पश्चिम राजमार्गदेखि भारतीय सीमासम्म जोड्ने बाटोलाई चार लेन बनाउने, मधेसका नागरिकको जिविकोपार्जनमा सहयोग पुराउने योजना ल्याउने पार्टी कसरी मधस विरोधी भयो भन्दै उहाँले प्रश्न गर्नुभयो ।

uml-youth

यस्तै एमाले केन्द्रीय सदस्य तिलक महतले आवश्यकता अनुसार संविधान संसोधन हुनसक्ने तर अहिले के का लागि संविधान संसोधन भन्दै भारतको स्वार्थमा संविधान संसोधन स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

नेकपा एमाले क्षत्रिय कमिटी क्षेत्र नं ४ नवलपरासीका अध्यक्ष रामचन्द्र भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले जिल्ला अध्यक्ष रोशन गाहा, क्षेत्रीय उपाध्यक्ष रामशंकर कुर्मी लगायतले बोल्नुभएको थियो भने कार्यक्रममा एमाले केन्द्रीय सल्हाकार मझिलाल थनेत थारु, पुर्व केन्द्रीय सल्हाकार केशरमणी पोखरेल, जेष्ठ कम्युनिष्ट मन्चका केन्द्रीय सदस्य द्धोय खिमलाल पोखरेल, रामचन्द्र अधिकारी, सहिद पत्नी भागिरथी पाण्डे, प्रदेश सदस्य एवँ सांसद कृष्ण पौडेल, सांसद सिन्धु जलेसा, पार्टीका केन्द्रीय विभागका सदस्यहरु, जिल्ला सदस्यहरु, भात्तृ संस्थाका पदाधिकारीहरु लगायतको उपस्थीति रहेको थियो ।

nabalparasi-uml-6

उद्घाटन अघि विभिन्न जातजातिको भेषभुषा र बाजागाजा झाँकी सहित रामग्रँम नगरका विभिन्न भाग परिक्रमा गरिएको थियो । मधेसमा एमालेको माहोल नभएको हल्ला भइरहेको बेला शुक्रबार परासीमा भने एमालेको जनसागर नै उर्लेको छ । क्षेत्रीय अधिवेशनले आगामी तिन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । बन्द शत्र भने भोली हुने क्षेत्रीय कमिटिले जनाएको छ ।

nabalparasi-uml-3 nabalparasi-uml-4 nabalparasi-uml-5  nabalparasi-uml-7nabalparasi-uml-2 nabalparasi-uml-8 nabalparasi-uml-9 nabalparasi-uml-10 nabalparasi-uml-11 nabalparasi-uml-12