काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेट गर्नुभएको छ ।
शुक्रबार साँझ साढे ६ बजे राष्ट्रपति भवनमा भएको भेटमा दुई देशको आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा निकट भविष्यमा हुने भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणका बारेमा समेत कुराकानी भएको थियो । भेटमा दुवै मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो ।












प्रतिक्रिया