२८ कार्तिक २०८३, शनिबार

लोकमान नियुक्तिको फाइल नपठाए कारबाही गर्ने सर्वोच्चको चेतावनी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suprme_court_of_nepal

काठमाडौं, ३१ भदौ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई नियुक्ति दिएको फाइल एक हप्ताभित्र पेस गर्न सरकारलाई पुनः आदेश दिएको छ ।

शुक्रबार प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्दाको सक्कल फाइल फेला नपरेको भनेर सरकारले दिएको जवाफलाई गैरजिम्मेवारपूर्ण भनेको छ ।

इजलासले पूर्व आदेश अनुसार फाइल नपठाए न्याय प्रशासन ऐन अनुसार कारबाही गर्ने चेतावनी पनी सरकारलाई दिएको छ ।

यसअघि अदालतले लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्तिको सक्कल फाइल मागेको थियो । तर, मन्त्रिपरिषदको कार्यालयले भूकम्पमा हरायो भन्दै फेला परेपछि उपलब्ध गराउने जवाफ दिएपछि सर्वाेच्चले कारवाहीको चेतावनीसहित फाइल बुझाउन आदेश दिएको हो ।