२८ कार्तिक २०८३, शनिबार

आयोगद्वारा निवार्चन तयारीबारे दलहरूसँग परामर्श, छिटो काम गर्न नेताहरूको सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Election-Commission-aayogeकाठमाडौं, ३१ भदौ । निर्वाचन आयोगले निर्वाचन तयारीका विषयमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखहरूलाई बोलाएर जानकारी गराएको छ ।

आयोगको कान्तिपथस्थित कार्यालयामा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद योदवले निर्वाचन तयारीका विषयमा आफूहरूले गरेको कामका बारेमा जानकारी गराउनुभएको हो । त्यसक्रममा दलका नेताहरूले निर्वाचनको तयारी तीव्रगति गर्न आयोगलाई सुझाव दिएका थिए । संविधान कार्यान्वयनका लागि तीन वटा निर्वाचन तोकिएको समयभित्र गर्नुपर्ने नेताहरूको भनाइ थियो ।

‘आसन्न निर्वाचनका लागि आयोगले गरेको तयारीबारे दलका प्रतिनिधिहरूलाई जानकारी गराइएको छ’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानमा राजनीतिक दल सम्बन्धमा भएको प्रावधान र सो प्रावधान अनुसार राजनीतिक दलले गर्नुपर्ने कार्यबारे प्रकाश पारिएको छ ।’

आयोगको कानून महाशाखाका प्रमुख सहसचिव सुशील कोइरालाले संविधानमा रहेका प्रावधानबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सहभागी दलका अध्यक्ष तथा प्रतिनिधिहरूले राजनीतिक दल व्यवस्थापनसम्बन्धी संवैधानिक व्यवस्थाका विषय महत्वपूर्ण रहेको बताएका थिए । उनीहरूले निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्थामा थप अध्ययन गरी पछि गर्न प्रस्ताव गरेका थिए ।

छलफलमा निर्वाचन आयुक्त इला शर्मा, सचिव गोपीनाथ मैनाली लगायत आयोगका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

राजनीतिक दलहरूका तर्फबाट कांग्रे सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष बामदेव गौतम र सुवासचन्द्र नेम्वाङ , नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ, राप्रपा अध्यक्ष पशुपति शम्शेर राणा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, नेकपा (माले)का महासचिव चन्द्रप्रकाश मैनाली, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचवि एवम् प्रवक्ता केशव झालगायत २५ राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।