२८ कार्तिक २०८३, शनिबार

रावलको प्रश्नः संविधान संशोधन केका लागि ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawal_20130923121154भीमदत्तनगर, ३१ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले संविधान संशोधनका विषयमा स्पष्ट धारणा आउनुपर्नेमा जोड दिनुभएको छ ।

बुद्धिजीवी परिषद् कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको वर्तमान राष्ट्रिय राजनीति र संविधान कार्यान्वयनका चुनौती विषयक गोष्ठीमा उहाले संविधान संशोधन केका लागि हो स्पष्ट पार्नु पर्ने आवश्यकता औल्याउनुभयो ।

संविधानको कुन धाराले कुन समुदाय, कुन जाती र वर्गको अधिकार कुण्ठित गरेको छ त्यस विषयमा स्पष्ट पारियोस् एमाले त्यसका लागि पछि हट्दैन नेता रावलले भन्नुभयो ।

नेकपा एमाले नेतृत्वको सरकारले लोकप्रिय बजेट ल्याएपनि बाह्य शक्तिको चलखेलका कारण सरकार ढालिएको दाबी गर्दै उहाँले भन्नुभयो–‘अहिले पनि बाह्य शक्ति संविधान असफल बनाउने तर्फ सक्रिय भएर लागेका बेला जनता चनाखो हुनुपर्ने बेला आएको छ ।’ रासस