१ कार्तिक २०८३, आइतबार

आन्दोलनको समिक्षा गर्न मधेसी मोर्चाको सचिवालय बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ३१ भदौ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारसँग भएको तीन बुँदे सहमतिको कार्यान्वयन र अन्य विविध विषयमा छलफल गर्न मधेसी मोर्चाको सचिवालय बैठक बस्दैछ ।

नयाँबानेश्वरस्थित सद्भावना पार्टीको मुख्यालयमा बस्ने सचिवालय बैठकमा हालसम्मको आन्दोलनको समिक्षा र भावी योजनाका विषयमा छलफल हुने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।

‘आन्दोलनको समिक्षा हुन्छ’, उहाँले भन्नुभयो, ‘संविधान विरुद्धको कालो दिवस कसरी मनाउने भनेर पनि छलफल हुनेछ ।’

सरकार गठनका बेला पुष्पकमल दाहाल प्रचण्डलाई मतदान गरेको मधेसी मोर्चाले तीन बुँदे सहमति पूरै कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । मोर्चाले माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने बताउँदै आएको छ ।