
काठमाडौं, ३१ भदौ । भारतको राजकीय भ्रमणमा बिहीबार बिहान ११ बजे नयाँदिल्ली उडेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको १ सय १६ सदस्यीय जम्बो टोलीलाई होटेल ताजमा मदिरासहितको भव्य भोजले स्वागत गरिएको छ ।
स्रोतका अनुसार नयाँदिल्लीस्थित नेपाली राजदूतावासले ‘प्रचण्ड’ नेतृत्वको जम्बो टोलीलाई मदिरासहित स्वागत गरेको हो ।
दिनभरि औपचारिक र अनौपचारिक भेटघाट र परामर्श गरेर थाकेका नेपाली टोलीलाई नेपाली दूतावासले मदिरा पाटी दिएको एक सहभागीले जनाए ।
नेपालबाट भारत भ्रमणमा जाने सरकारी उच्च टोलीलाई नयाँदिल्लीस्थित नेपाली दूतावासले स्वागतमा बेलुका रिसेप्सन पाटी दिन परम्परा छ ।

सो पाटीमा प्रधानमन्त्री दाहालका साथै जम्बो टोलीका १ सय १६ जना, भारतीय कुटनीतिक निकायका प्रतिनिधि, भारतीय राजनीतिक दलका नेताहरू तथा नयाँदिल्लीमा रहेका सीमित नेपालीहरूलाई पनि बोलाइएको थियो ।
मध्यरातिसम्म चलेको मदिरा पाटीमा नेताहरूवीच अनौपचारिक कुराकानी भएको उच्च स्रोतले जनाएको छ । मदिरा पाटी नेपालका लागि भारतीय राजदूत रणजित राय पनि सहभागी थिए । उनले वाइन पिएका थिए । (हेर्नुस् तस्बिर)
प्रधानमन्त्री दाहाल भारतको चार दिने राजकीय भ्रमणमा बिहीबार नयाँदिल्ली गएका हुन् । उनी असोज दुई गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
दाहाललाई बस्नका लागि राष्ट्रपति भवनमै व्यवस्था गरिएको छ । सरकारले खर्च गर्ने गरी लगेका व्यक्तिहरूलाई होटेल ताजमा बसाइएको छ ।
आफ्नै खर्चमा पुगेका नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू आ–आफ्नो गच्छेअनुसार अरु होटेलमा बसेका छन् । (तस्बिरहरू फेसबुकबाट साभार)











प्रतिक्रिया