१ कार्तिक २०८३, आइतबार

बिदेश जाने नेपालीलाई त्रिभुवन बिमानस्थलमै सिमकार्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Stack of color SIM cards

काठमाडौं, ३१ भदौ । कामका लागि विदेश जाँदै हुनुहुन्छ ? हो भने अब पुग्नेबित्तिकै परिवारसँग कसरी सम्पर्क गर्ने भन्ने चिन्ता नलिए हुन्छ ।

गन्तव्य मुलुक पुगेर तपाई एयरपोर्टबाटै फोन गर्नसक्नुहुन्छ । त्यो पनि पिसिओबाट हैन, आफ्नै मोबाइलबाट । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

श्रम स्वीकृति र भिसा हुनेले नेपालबाटै आफू जाने मुलुकको सिमकार्ड लिन सक्ने भएपछि कामदारले यस्तो सुविधा पाउने भएका हुन् ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रबाट एउटा कम्पनीले यस्तो सुविधा दिइरहेको छ । अरू कम्पनीले पनि चाडै सुरू गर्नेछन् । उनीहरुले विमानस्थल बाहिरबाटै सिमकार्ड बेच्ने छन् ।

‘नेपालमा बिदेशी सिम कार्ड ल्याएर बेच्न सात कम्पनीले अनुमति पाएका छन्’, नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘तर सबैले सेवा सुरू गरिसकेका छैनन् ।’