काठमाडौं, ३० भदौ । अन्तरिक्षमा स्थायी स्पेस स्टेशन बनाउनको लागि आफ्नो महत्वकांक्षी योजना दोस्रो अन्तरिक्ष प्रयोगशाला परिक्षण गर्न चीन पूरै तयार रहेको छ ।
चीनको यो लक्ष्य सन् २०२२ सम्म अन्तरिक्षमा मानिसले बस्न योग्य प्रयोगशालाको निर्माण गर्न हो ।
आफ्नो तिआंगोंग २ अन्तरिक्ष प्रयोगशालालाई बिहीबार पश्चिमी चीनको गोबी रेगिस्तानका जियुक्वांग उपग्रह प्रक्षेपण केन्द्रबाट छाड्ने छ ।
प्रोजेक्टसँग नजिक रहेका एक इन्जिनियरले बताएअनुसार लान्ग मेक २ एफटी २ रकेट मा इन्धन भर्ने काम भइरहेको छ । यसैले तीआंगोंग २ लाई अन्तरिक्ष सम्म लिएर जाने छ ।
उनका अनुसार सबै सिस्टम लन्चको लागि तयार छन् । सरकारी न्युज एजेन्सी शिन्हुवामा प्रकाशित खबर अनुसार तिआंगोंग २ को प्रक्षेपण भविष्यमा स्थाई अन्तरिक्ष स्टेशन निर्माण तथा कामकाजको लागि ठोस नींव राख्नेछ ।
















प्रतिक्रिया