काठमाडौं, ३० भदौ । नेपाल इन्जिनियर्स एशोसियसन ३१ औं कार्यकारिणी परिषद्को भोलि भदौ ३१ गतेदेखि सुरु हुने निर्वाचनमा पेशागत तथा प्रगतिशील इन्जिनियर समूहको जित करिब सुनिश्चित भएको छ ।
ई डा. सुमित्रा आमात्यको नेतृत्वमा निर्वाचनमा होमिएको समूहलाई देशभरीका अधिकांश इन्जिनियरहरुले समर्थन गरेको बताइएको छ । परिवर्तनको एजेण्डा, युवाहरुको गतिशील नेतृत्व, पहिलोपटक महिला अध्यक्षको उम्मेदवार, ५० प्रतिशत स्वतन्त्र मतदाताको समर्थन पक्का, एशोसियसनका लोकप्रिय अनुहारहरुको साथ लगायतका आँकडाको आधारमा निर्वाचनमा प्रगतिशील समूहको जित सुनिश्चित देखिएको समूहबाट कोषाध्यक्षका उम्मेदवार ई सञ्जीव रोकाहाले दाबी गरे ।
कोषाध्यक्षका उम्मेदवार रोकाहाले स्वयं आफ्नो नेतृत्वमा देशभरका विभिन्न मतदान केन्द्रहरु जस्तै विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, बुटवल, पोखरा लगायत ठाउँमा प्रगतिशील समूहको पक्षमा जनलहर खडा गरेका छन् । उनले भने- ‘अहिलेसम्मको आँकडा हेर्ने हो भने हामी अगाडि छौं । नतिजा हाम्रौ पक्षमा छ ।’
निर्वाचनमा कस्तो छ समूहको तयारी ? सम्भावित नतिजाबारे यसो भन्छन कोषाध्यक्षका उम्मेदवार रोकाहा

भोलि हुने निर्वाचनमा देशभरका विभिन्न मतदान केन्द्रहरु जस्तै विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, बुटवल, पोखरा लगायत ठाउँमा प्रगतिशील समूहको पक्षमा जनलहर खडा भएको छ । काठमाडौं उपत्यकामा पनी ठूलो स्वतन्त्र युवा इन्जिनियर पंक्ति प्रगतिशील समूहको पक्षमा छ । निर्वाचनको पूर्व सन्ध्यामा बुधबार (हिजो) बानेश्वरमा भएको औनपचारिक भेटघाटमा १५ सय भन्दा बढी मतदाताको उपस्थितीले विजयको संकेत गरेको छ ।
यसपटक कांग्रेसको एकाधिकार समाप्त हुन्छ
नेपाली कांग्रेसको एकाधिकार जस्तो देखिएको नेपाल इन्जिनिर एशोसियसनलाई केही हुनेखानेको क्लबबाट आम इन्जिनियरहरुको साँझा संस्थाको रुपमा विकास गर्न प्रगतिशील समूहले चाँहेको छ । विगतमा कांग्रेस निकट लोकतान्त्रिक समूहले गैर इन्जिनियरलाई समेत मतदाता बनाई निर्वाचन आफ्नो पक्षमा बनाएकोमा यसपटक देशैभरी करिब १ हजार युवाहरु स्वयं सेवकको रुपमा खटिएका छन् । कांग्रेसभित्र उम्मेदवारी चयनमा देखिएको चरम विवाद उत्कर्षमा पुगेको छ । मधेसका इन्जिनियरहरु पनी लोकतान्त्रिक समूहसँग असन्तुष्ट भई यसपटक परिवर्तनको पक्षमा प्रगतिशील समूहलाई निष्कर्षमा पुगेका छन् । सिनियर अगुवा इन्जिनियरहरुको समर्थन पनी प्रगतिशील समूहलाई नै छ । जसका कारण हाम्रो जित सुनिश्चित छ । यसमा दुईमत छैन् ।












प्रतिक्रिया