१ कार्तिक २०८३, आइतबार

भारतलाई अमेरिकाको ‘पूच्छर’ नबन्न चीनको चेतावनी

12.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Xi-modi

काठमाडौं, २९ भदौ । अमेरिका र भारतले भर्खरै आफ्नो सुरक्षा सतर्कता सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेकोमा चीनले भारतलाई अमेरिकाको पूच्छर नबन्न चेतावनी दिएको छ ।

जुन सम्झौताअनुसार दुवै देशले एकअर्का देशको सैन्य शक्तिको प्रयोग गर्न सक्छन् । त्यति मात्र होइन् एकअर्काको जमिन, आकाश र नवल बेशसँगै इन्धन आपुर्तिको सुविधा पनि प्रयोग गर्न सक्छन् ।

यो विषयलाई लिएर चीनले भनेको छ, भारत एक चलाखीले भरिएको कदम उठाइरहेको छ, यस सम्झौताको कारण भारतले आफ्नो रणनितिक स्वतन्त्रता गुमाउन सक्छ ।

सरकारी पत्रिका ग्लोबल टाइम्समार्फत चीनले चेतावनी दिदैं भनेको छ– ‘भारत वाशिंगटनको पूच्छर बनेर रहन्छ र स्वतन्त्रता सहित गटुनिरपेक्ष नीतिलाई अंगाल्दै छ ।’

यता भारत अमेरिकाको पूच्छर बन्दैछ भने उता चीन, पाकिस्तान र रुसलाई चिढ्यारहेको छ । यस्तो क्रियाकलापले भारत आफूले आफूलाई नै सुरक्षित महसुस गर्न नसक्ने चीनको टिप्पणी छ ।