एजेन्सी । भारतको ग्वालियरबाट यस्तो सनसनीपुर्ण खबर आएको छ, जहाँ एउटा बुहारीले मानवताको साथसाथै सबै नातागोतालाई पनि लाज लाग्ने पटकथा लेखेर छोडेकी छन् ।
सामाचारमा जनाए अनुसार महिलाका पति कारागार भएपछि उनले पतिको साथीसँग अवैध सम्बन्ध बनाएकी थिइन् । तर, उनको यो रासलीला बढी टिक्न पाएनन् र उनकी सासुले एकदिन प्रेमीसँग आपत्तिजनक अवस्थामा फेला पारिन् ।
त्यसपछि सासुले बुहारीलाई काहीँ बाहिर जान र उसलाई भेट्न आउनेहरुलाई पनि रोक्न थालिन् । यो कुरा बुहारीलाई मन परेन र सासुलाई बाटोबाट हटाउने निर्णय सोच्न थालिन् ।
बुहारीले सासुलाई पहिले निन्द्रा लाग्ने औषधी खुवाइन्, अनि तौलियाले उनको घाँटी घोटेर हत्त्या गरिन् ।
प्रहरीको हत्याको शंका आफूमाथि नगरोस भनेर उनले आफ्नो घरभित्रै लुटपाटदेखि लिएर बलात्कार सम्मको कथा बनाइन् । यो सबै कुरा उनले एउटा क्राईम सिरियलबाट सिकेकी थिइन् ।
यद्यपी जुलीका पति शिवा आफ्नो बुवाको हत्त्याको आरोपमा २०१३ सालदेखि कारागारमा छन् । उनको घरमा उनका आमा, पत्नि र एउटा छोरा छन् ।
शिवा कारागारमा रहने बेला उनका साथीहरु संदेश लिएर घरमा आउने गर्थे । यस्तैमा पतिका एक साथीसँग जुली धेरै नै नजिक हुन पुगिन । पतिका साथी पनि राति जुलीकहाँ आउने गर्थे । यही क्रममा सासुले एकदिन बेडरुममा दुबैलाई आपत्तिजनक आवस्थामा फेला पारिन् ।
सासुको हत्यापछि जुली घरबाट वेपत्ता भएकी छन् । उनलाई प्रहरीले खोजी गरिरहेको छ । घटनाबारे छानविन भइरहेको ग्वालियर प्रहरीको भनाई छ ।
















प्रतिक्रिया