काठमाडौं, २९ भदौ । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले तराईका विभिन्न जिल्लाबाट काठमाडौ बस्दै आएका तथा छिमेकी भारतका नागरिकहरूको सम्पर्क मंच गठन गरेको छ ।
देशकै राजधानी काठमाडौंमा आफ्नो भाषा, सभ्यता, संस्कृतिको जगेर्ना एवं सद्भावना पार्टीको उद्देश्य निती तथा सिद्धान्तलाई देश भरी नै स्थापित गराउने उद्देश्यका साथ देशका विभिन्न जिल्लाहरुबाट काठमाडौं आएर बसोवास गरिरहेका सद्भावना पार्टी समर्थितहरुको वृहत भेलाले सम्पर्क मंच गठन गरेको हो ।

सोही कार्यक्रममा भारतबाट आई काठमाडौंमा बिभिन्न पेसा ब्यवसाय गरिरहेका भारतीयहरूको पनि अशोक ठाकुरको अध्यक्षतामा सदभावना आप्रवासी काठमाण्डौ सम्पर्क मंच गठन गरिएको छ । काम ब्यवसाय गर्दा आईपरेको बिभिन्न कठिनाईलाई मिलेर सुल्झाउन उक्त मंच गठन गरेको सदभावना पार्टीका केन्द्रीय सचिव राजाराम पासवानले जानकारी दिए ।
मञ्चले भारतीयहरुलाई संरक्षण गर्ने बताइएको छ ।
















प्रतिक्रिया