१ कार्तिक २०८३, आइतबार

चीनमा गाँजासहित पाँच भारतीय नागरिक पक्राउ, हदैसम्म कारबाही हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-jailनयाँदिल्ली, २९ भदौ । चीनले लागुऔषध तस्करीको आरोपमा पाँच भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सेप्टेम्बर सात तारिखमा चिनियाँ सुरक्षाकर्मीले पाँच जना भारतीय नागरिकलाई युनानको कुनमिंग हवाईअड्डाबाट गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनीहरू कुनमिंग कोलकोटाबाट गएको जनाइएको छ ।

गिरफ्तर भारतीय नागरिकहरूसँग १८ किलोग्राम भाङ्ग (गाँजा) बरामद भएको छ । गाँजालाई उनीहरूले ल्यापटप र खानेकुरामा लुकाएर लगेको समाचारमा उल्लेख छ ।

चीनमा लागुऔषध कारोबारलाई गम्भीर अपराध मानिन्त । यस विषयमा चीनले पाँच भारतीयलाई ज्यान सजायसम्म दिन सक्ने जनाइएको छ । – एजेन्सी