१ कार्तिक २०८३, आइतबार

लियाओनिङ प्रान्तका पैतालिस डेपुटी अयोग्य

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-mapबेइजिङ (चीन), २९ भदौ । चीनको उच्च विधानमण्डलले मङ्गलबार सन् २०१३ को निर्वाचनमा लियाओनिङ प्रान्तबाट प्रतिनिधित्व गरेका ४५ प्रतिनिधिलाई निर्वाचनमा अनियमितता गरेको आरोप प्रमाणित गर्दै अयोग्य ठहर गरेको छ ।

चिनियाँ नेसनल पिपुल्स कङ्ग्रेस (एनपीसी) को मङ्गलबार बसेको सभाले लियाओनिङबाट निर्वाचित भएका ४५ प्रतिनिधिलाई अपदस्थ गर्ने निर्णय लिएको हो ।

उनीहरुविरुद्ध निर्वाचनका क्रममा भोट किनेको तथा घुस लिनदेनमा संलग्नता जनाएको अभियोग लगाइएको एनपीसी प्रन्यायक समितिका प्रमुख मा वेनले बताउनुभयो । – सिन्ह्वा