१ कार्तिक २०८३, शनिबार

आन्मा तथा नासा सम्मेलनमा घरेलु हिँसासम्बन्धि गोष्ठी सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

img_4196– विजय थापा

वाशिंगटन डिसी । गत सेप्टेम्बर ३ तारिख अमेरिकाको सेन्ट लुइस मिजौरीमा आन्मा तथा नासाले आयोजना गरेको सयुक्त बार्षिक सम्मेलनमा महिला संगोष्टि सफलता पूर्वक सम्पन्न भएको छ ।

अमेरिकाका नेपाली समुदायका मध्यपश्चिम तथा दक्षिण पूर्वका सशक्त नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिका (नासा) तथा एसोसिएसन अफ नेपलिज इन मिड वेस्ट अमेरिका (आन्मा)नामक संस्थाको १२ औ बार्षिक सम्मेलनमा मुख्य नारा महिला सशक्तिकरण तथा घरेलु हिँसा रहेको गोष्ठीको आयोजना गरियो ।

उक्त गोष्ठीको कार्यक्रम डिसी महानगर क्षेत्रकि क्रियाशील महिला सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मी माधवी बस्नेत कार्कीको संयोजकतत्वमा सम्पन्न भएको थियो ।

कार्की अमेरिका नेपाल महिला संघ बृहत वाशिंगटन डिसी (आन्वा) नामक संस्थाको प्रतिनिधित्व गरेकी थिइन् भने उनी पूर्व अध्यक्ष पनि हुन् ।

उक्त कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत अर्जुन कुमार कार्की (बिध्या वारिधि) कि धर्मपत्नी गौरी ठकुरी कार्कीले कार्यक्रमको सभापतित्व गरेकी थिइन् ।

मुकेश सिंह ,उर्मिला पन्थी तथा माधवी बस्नेत कार्की वक्ताहरु रहेका थिए । कार्यक्रम संयोजक कार्कीले सबैलाई स्वागत गर्दै महिला सशक्तिकरण तथा घरेलु हिंसा नेपाली समुदायमा यी मुद्धाहरु किन महत्वपूर्ण छन् भनि स्मरण गराईन ।

उनले श्रीलंकामा महिला घरेलु हिंशा सम्बन्धि सयुक्त राष्ट्र संघकि बिशेष प्रतिवेदक रेधिका क्यामरस्वामीको बिशेष सुनुवाईमा सहभागिता भएको जानकारी गराइन् ।

१९९३ देखि नै महिला हिंसा उन्मुलन सम्बन्धि सयुक्त राष्ट्र संघले घोषणा गरेको जानकारी दिदै नेपाली समुदायमा महिला बिरुद्ध घरेलु हिंशा अझ पनि व्यापक रुपमा फैलदै गरेको बताइन ।

madhavi-3पुरुष प्रधानता रहेको नेपाली समाजमा महिलाका आवाजहरु सतह बाहिर सामाजिक तथा सांस्कृतिक कारण नआउने र सुनुवाई नहुने अवस्थामा रहेको बताइन ।

उनले पूर्व तयारी साथ लगिएका सामग्री प्रस्तुत गर्दै हिंसाका चक्र र आप्रवासी समुदायमा महिला हिंसाका चक्र बारेमा बोलिन । उनले शक्ति र नियन्त्रण बारेमा बिस्तृत जानकारी गराईन ।

अर्का वक्ता कानुनी ब्यबसायी मुकेश सिंहले महिला बिरुद्ध हिंसा रोक्न पुरुषको ठुलो भूमिका हुन् सक्ने बताए िउनले महिला बिरुद्ध कुनै पनि हिंसा क्षमा हुन् नसक्ने बताए ।

उर्मिला पन्थीले प्रसस्त श्रोत उपलब्ध भएको बताईन । उनले अगाडि गैरमुनाफा सामाजिक संस्था, सरकार तथा बिशेष दक्षिण एसियन देशका यस्ता समस्या हेर्ने संस्था भएकोले नेपाली समुदायले पनि फाईदा उठाउन सकिने बताईन ।

प्रमुख अतिथि गौरी ठकुरी कार्कीले गोष्ठीमा महिला सम्बन्धि धेरै कुरा जानकारी भएको बताउदै सयुक्त राष्ट्र संघका पूर्व महासचिब बुत्रोस बुत्रोस घालिले महिला बिरुद्ध हिंसा बिश्व ब्यापी समस्या हो भने विश्व ब्यापी रुपमा यसलाई भर्त्सना गर्नु पर्छ भन्ने भनाई राखिन ।