१ कार्तिक २०८३, शनिबार

‘बेलायतमा नेपाली बालकले गरे बेलायती घरबारबिहिनहरुको सहयोगार्थ च्यारिटी वाक’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

london

लण्डन । बेलायतमा नेपालीहरुको बढदो आवादीसंगै स्थानीय गतिविधिमा नेपालीहरुको सहभागिता पनि बढदो छ ।

यसै क्रममा बेलायतको वेल्समा जन्मिएर हाल इंगल्यान्डको ह्याम्पसायरस्थित बेजिंगस्टोकमा आफ्ना आमा( बाबुसंग बसोबासरत शुभाशिस श्रेष्ठले नर्थ ह्याम्पसायरस्थित माइकल हस्पाइसको सहयोगार्थ ८.५ माइल लामो च्यारिटी वाक गरि नेपाली एक लाख रुपैयाभन्दा बढी सहयोग रकम संकलन गर्न सफल भएका छन् ।

london-1गत शनिबार राति १० बजे शुरु भएको सो च्यारिटी वाकमा आफ्ना बाबु शिवजी श्रेष्ठसंगै सहभागी भएका शुभाशिसले सो ‘मुनलाइट वाक’ करिब ३ घन्टामा पुरा गरेका थिए ।

सन् १९९१ मा पुर्ब मेयर मार्गरेट वेस्टनको नेतृत्वमा स्थापित सो हस्पायसमा छोटो आयु भएका अर्थात क्यान्सर जस्ता असाध्य रोगहरुबाट ग्रसित भइ जीवनको अन्तिम क्षणमा पुगेका हरुलाई राखिन्छ, जहा रोगबाट ग्रस्त व्यक्तिहरुले जीवनको अन्तिम क्षणलाई पारिवारिक एबम सकारात्मक सोचका साथ् बिताउदै सहजताका साथ मृत्युबरण गर्ने वातावारणको सिर्जना गरिन्छ ।

बिगत २५ बर्षदेखी यस्ता असाध्य रोगबाट पिडितहरुको सेवा गर्दै आएको यस संस्थाबाट प्रत्येक बर्ष ५०० भन्दा बढीले सेवा प्राप्त गर्दछ । ओखलढुंगामा जन्मिएर हाल बेलायतमा बसोबासरत आफ्ना बुवा शिवजी श्रेष्ठले प्रत्येक बर्ष गर्दै आएको च्यारिटीमा साथ दिएका १२ बर्षिय शुभाशिसले गत बर्ष नेपालमा विनासकारी भुकम्पपिडितहरुको सहयोगार्थ आफु पढेको बिद्यालयमा ‘नन युनिफर्म डे’ कार्यक्रम गराएर सहयोग रकम समेत संकलन गरेका थिए ।

यसका साथै आगामी अक्टोबर १५ मा बेलायतको बेजिंगस्टोकस्थित घरबारबिहिनहरुको सहयोगार्थ काउन्सिलर नाइजल पियर्सको नेतृत्वको ुु क्याम्रोज सेन्टर फर होमलेस पिपुल इन बेजिंगस्टोकुु द्वारा आयोजना गरिएको तथा आफ्ना बुवा शिवजी श्रेष्ठले संयोजन गरिरहेको ‘अँ इभिनिंग फ्रम नेपाल’ नामक च्यारिटी कार्यक्रममा उनले नेपाली गीत गाउने तयारी पनि गरिरहेका छन् ।