पोखरा,२७ भदौ । लेखनाथ नगरपालिका वडा नं.४ पैतेडाडाका पहिरो पिडितलाई आज एक कार्यक्रमका बीच राहत वितरण गरिएको छ ।
जिल्ला दैविक प्रकोप उद्धार समिति कास्कीले पहिरोले पुरिएर ज्यान गुमाएका चार मध्ये तीन जना को परिवारलाई जनही एक लाखका दरले राहत प्रदान गरिएको हो ।
समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली सहीतको टोली घटनास्थलमा पुगि मृतकका दाजु सुजन सुनारलाई तीन लाख रुपैया प्रदान गर्नु भएको हो ।
मृतकमध्येका हेटौडाका सल्मान तामाङको आफन्त पोखरा आएपछि राहत प्रदान गरिने जिल्ला प्रशासन कार्यालयका लेखापाल महेश सिग्देलले जानकारी दिनुभयो ।
अबिरल बर्षाको कारण यही भदौ २३ गते राति पहिरोले घरपुरेपछि चन्द्रकला सुनारका तीन जना छोराछोरी र एक नातिको पहिरोले पुरिएर मृत्यु भएको थियो । उनका श्रीमान किर्त बहादुर सुनार घटाना हुनु भन्दा एक दिन अघि बैदेशिक रोजगारमा गएका थिए ।













प्रतिक्रिया