१ कार्तिक २०८३, शनिबार

नर्वेमा पहिलो पटक ‘इन्द्रजात्रा महोत्सव २०७३’ हुँदै

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

smita-malla– मोहन नेपाल

ओस्लो । नर्वेको राजधानी ओस्लोमा इन्द्रजात्राका अवसरमा सेप्टेम्बर १८ तारिखका दिन विशेष कार्यक्रम हुने भएको छ ।

नर्वेमा बसोबास गर्ने नेपाली समुदायवीच एकता र भातृत्व तथा संस्कृति जगेर्नाका लागि ‘इन्द्रजात्रा महोत्सव २०७३’ हुन लागेको आयोज संस्थाकी संयोजक स्मिता मल्लले जानकारी दिइन् ।

‘नर्वेमा बसोबास गर्ने नेपाली समुदायवीच मेलमिलापको सन्देश दिन महोत्सव गर्न लागिएको छ’, मल्लले भनिन्, ‘यसबाट संकलन हुने रकम नेपालमा महिलाको आङ् खस्ने समस्या छ । त्यसको उपचारमा खर्च गर्ने सोँच बनाएका छौँ ।’

महोत्सवमा कुमारी नाँच, लाखे र पुलुकिसीका साथै विभिन्न आकर्षक सांस्कृतिक कार्यक्रम हुने छन् । सांस्कृतिक कार्यक्रममा गायिका रोशनी धौबञ्जारले पनि विशेष प्रस्तुति दिने कार्यक्रम छ ।

नर्वेमा यस प्रकारको महोत्सव हुन लागेको यो पहिलो पटक हो । यसअघि नेपालीहरूले विशेष कार्यक्रम गर्दै आए पनि ‘नेपाल महिला जो आङ् खस्ने रोग’बाट पीडित छन् उनीहरूका लागि उपचार खर्च संकलन गर्न लागिएको पहिलो पटक रहेको संयोजक मल्लले बताइन् ।