१ कार्तिक २०८३, शनिबार

युएईमा खेलकुद मन्त्रीलाई बोलाउने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shikhar-samman1युएई । विभिन्न क्षेत्रका व्यक्तित्वलाई सामाजिक योगदानका आधारमा सम्मान गर्दै आएको शिखर नेपालले पहिलोपटक युएईमा युवा तथा खेलकुद मन्त्रीको उपस्तिथिमा शिखर सम्मान–२०७३ कार्यक्रम गर्ने भएको छ ।

कलाकारिताको माध्यमबाट नेपाली थियौं, नेपाली हौ, नेपाली रहन्छौं भन्ने मूल नाराका साथ समाजमा बिद्यमान विकृति विसंगती विरुद्ध आवाज उठाउदै आएको सामाजिक संस्था हो शिखर नेपाल ।

नेपालमा बिगत १४ वर्षदेखि नियमित रुपमा बिभिन्न सामाजिक क्षेत्रका ब्याक्तित्योलाई सम्मान गर्दै आएको यस संस्थाले बिदेशी भूमि युएईमा पहिलोपटक नेपाली कला, सांस्कृतिक, खेलकुद, ब्यापारब्यासाय एबम सामाजिक क्षेत्रका बिभिन्ने अबल व्यक्तिलाई शिखर सम्मान–२०७३ बाट सम्मान गर्ने शिखर नेपालका अन्तर्राष्ट्रिय प्रतिनिधि रमेश ढकालले बताएका छन ।

नेपाल पत्रकार महासंघ युएई शाखाको समन्यमा माननीय नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रि दलजीत बिक श्रीपालीको प्रमुख आतिथ्यता एवं नेपाली दुताबास अबुधाबीका कार्यबाहक राजदुत, नेपाली चलचित्र ,पत्रकारिता, खेलकुद क्षेत्रका बिभिन्न रास्ट्रिय व्यक्तित्वहरुको विशिष्ठ आतिथ्यतामा शिखर सम्मान–२०७३ तथा युवा सरोकार अन्तरक्रियात्मक कार्यक्रमको हुने नेपाल पत्रकार महासंघ युएइ शाखाका अध्यक्ष त्रिलोचन कोइरालले जनाएका छन ।

सेप्टेम्बर २३ तारिक युएईको काल्टन टावरमा प्रवासमा रहेर बिभिन्न क्षेत्रमा सेवा गर्दै आएका एबम नेपाल र नेपालीको पहिचानलाई आफनो पेशा तथा ब्वासाहिक रुपमा उच्च राखेका आधादर्जन बिशेष व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजक शिखर नेपालका अध्यक्ष शेखर खनालले बताए ।

शिखर नेपाल स्थापनाकाल देखी नै जनचेतनामूलक, स्वयंसेवी सेवामूलक कार्य गर्दै आईरहेको छ । यसले राष्ट्रिय जागरण अभियान, चेलीबेटी बेचबिखन बिरुद्ध अभियान, एचआइभी एड्स बिरुद्धको कार्यक्रम तथा अन्य क्षेत्रमा सडक नाटक, टेलिफिल्म, वृत्तचित्र आदिको निमार्ण प्रशारण एवम् प्रदर्शन गर्नुको साथै व्यत्तित्व विकाससंग सम्बन्धित कामहरु गर्दै आइरहेको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताएका छन ।

गत जेठ २ गते शिखर नेपालको १३ औ बार्षिकोत्सब अबसरमा काठमाडौको राष्ट्रिय सभा गृह हलमा भएको शिखर समान २०७३ बाट गैर आबासीय नेपाली संघ युएई अध्यक्ष सुदीप कार्की, नेपाल पत्रकार महसंघ युएई शाखा अध्यक्ष त्रिलोचन कोइराला र गोर्खा समाज युएईका अध्यक्ष बिनोद श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुन बाट सम्मानित भएका थिए ।