काठमाडौं, २६ भदौ । सरकारले पर्सी (मंगलबार) बकर इदको अवसरमा सार्बजनिक विदा दिने भएको छ ।
गृह मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै २८ गते मंगलबार सार्बजनिक विदा दिने निर्णय भएको जनाएको छ ।
‘इस्लाम धर्मावलम्वीहरुको पर्व बकर ईद (इदुल जोहा) यही २०७३ साल भदौ २८ गते मंगलबारका दिन पर्ने भएकाले सो दिन नेपाल राज्यभर सार्वजनिक पर्व विदा दिने निर्णय भएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,’ गृह मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ ।
बकर इद इस्लाम धर्मावलम्वीहरुको पबित्र र ठूलो पर्व हो ।
हेर्नुस् सूचनाः

















प्रतिक्रिया