१ कार्तिक २०८३, आइतबार

भारत भ्रमणमा जान लागेका प्रचण्डले भने- मोदीजी र मेरो विचार मिल्छ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-Prachanda

काठमाडौं, २६ भदौ । भारत भ्रमणको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोचाई र केमेस्ट्री मिल्ने बताएका छन् ।

भारतको हिन्दूस्तान टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा प्रचण्डले मोदीसँग वैचारिक तथा अन्य पक्षमा फरकपन भएपनि केही विषयमा समानता रहेको बताए ।

भारतीय प्रम मोदी मजस्तै रिस्क लिन चाहने र परम्परागतभन्दा फरक ढंगले काम गर्ने नेता हुन् भन्दै प्रचण्डले मोदीलाई नेपाली जनताले निकै नै विश्वास गर्छन् भनेका छन् ।

‘बलिया प्रधानमन्त्री मोदीलाई नेपाली जनता पनि निकै नै विश्वास गर्छन् । हामीले यो विश्वासलाई अझ सुदृढीकरण गर्न ध्यान दिनुपर्छ,’ प्रचण्डले भनेका छन् ।

उनले भारत भ्रमणको क्रममा आफूले मोदीलाई जनकपुर तथा लुम्बिनीको धार्मिक यात्राको भ्रमणको लागि निम्तो दिने योजना पनि सुनाए । भारत भ्रमणको मुख्य उद्देश्य विश्वासको आधार बनाउनु रहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते नेपाली प्रतिनिधी मण्डलसहित भारत भ्रमणमा जाँदैछन् ।