१ कार्तिक २०८३, शनिबार

अस्ट्रेलियाद्वारा २० परियोजनाका लागि चार करोडभन्दा बढी सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Australia-flag

काठमाडौं, २५ भदौ । काठमाडौंस्थित अस्ट्रेलियाली दूतावासले २० परियोजना एवम् कार्यक्रमका लागि करिब रु चार करोड ६८ लाख सहयोग गरेको छ ।

अस्ट्रेलियाली राजदूत ग्लेन डारेन ह्वाइटले शुक्रबार आयोजित कार्यक्रममा उक्त रकम बराबरको चेक नेपाल सरकारलाई हस्तान्तरण गर्नुभयो । मानवीय सेवामा आधारित सङ्घसंस्थालाई सहयोग गर्ने लक्ष्यका साथ दूतावासले प्रत्यक्ष सहयोग कार्यक्रम, २०१६–१७ मार्फत सहयोग रकम उपलब्ध गराइएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले साना तथा मझौला सहयोग कार्यक्रम मार्फत सो सहयोग उपलब्ध गराएको हो । रासस