३० आश्विन २०८३, शुक्रबार

थुकेर पाहुनालाई स्वागत गर्ने अनौठो चलन

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maasai-spittingएजेन्सी । खास गरेर घरमा आएको पाहुनालाई बडो जोशका साथ नयाँ नयाँ परिकारहरु पकाएर स्वागत गरिन्छ । तर, एउटा यस्तो गाउँ छ जहाँ घरमा आएका पाहुनालाई थुकेर स्वागत गरिन्छ ।

केन्या र तान्जेनियामा रहने मसाई जनजातिमा भेट हुनासाथ एकअर्काको हातमा थुकेर अभिवादन गर्छन् ।

एकआपसमा हात मिलाउँदा पहिले दुबैजना एकअर्काको हातमा थुक्ने अनि हात मिलाउने गर्छन् ।

यो मसाई सामुदायमा चलिआएको परम्परा नै हो ।

यस बाहेक उनीहरुमा नवजात शिशुको शरिरमा पनि थुक्ने परम्परा रहेको छ । यस्तो गर्नाले नवजात शिशुका सम्पूर्ण पाप हट्ने बिश्वास गरिन्छ ।