भियनटिआन (लाओस), २३ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार विवादित साउथ चाइना सीबारे अन्तर्राष्ट्रिय ट्रिबुनल अदालतबाट चीनलाई गरेको निर्देशन बाध्यकारी हुने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति ओबामाको यो भनाई चीनले उक्त अदालतको फैसलालाई बेवास्ता गरिरहेका बेला आएको हो ।
‘सन् २०१६ को जुलाईमा भएको महत्वपूर्ण तर मध्यस्थ निर्देशनले यस क्षेत्रको तटवर्ती अधिकारका लागि बन्धनकारी हुने कुरा प्रष्टाएको छ,’ अमेरिकी राष्ट्रपति ओबामाले लाओसमा भएको एसियाली नेताहरु सहभागी आसियन सम्मेलनका क्रममा भन्नुभयो ।
अमेरिकी राष्ट्रपतिबाट आएको यो प्रतिक्रियाले साउथ चाइना सीलाई रणनीतिक महत्वको जलमार्ग भएको र यो विगतदेखि चीनले प्रयोग गर्दै आएकाले यसमा उसको अधिकार रहेको भनी आफ्नो अडान राख्दै आएको छ ।
उक्त अवसरमा अमेरिकी राष्ट्रपति ओबामाले विधिको शासनलाई मान्न र एकतर्फी अडान राखी तनाव सिर्जना नगर्न आग्रह गर्नुभएको छ ।
यसैबीच चीनले संयुक्त राज्य अमेरिकलाई उक्त विषयमा हस्तक्षेप गरी विवाद बढाउन अन्य राष्ट्रलाई उक्साउने काम नगर्न आग्रह गरेको छ । रासस/एएफपी
















प्रतिक्रिया