३० आश्विन २०८३, शुक्रबार

‘विप्लव’को एकीकृत जनक्रान्ति विकल्प बनेकै हो ?

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tilak Mall Kshitiz– तिलक मल्ल ‘क्षितिज’

नेपाली जनताको आकांक्षा र सपनाको आन्दोलन फेरि तीव्र रूपमा बढ्दैछ । जनताले पाएको घात, धोका र षड्यन्त्रलाई चकनाचुर पार्दै नयाँ प्रतिबद्धता, नयाँ विश्वास, नयाँ संकल्न र नयाँ कार्यदिशासहित नेकपा माओवादी हाल नेकपा (माओवादी) पुनर्गठनले यसलाई नेतृत्व गरेको छ ।

जनता जहिले पनि परिवर्तन र सत्यको पक्षमा हुन्छ । जहिले पनि न्याय, स्वतन्त्रता र समानता, सार्वभौमिकता र एकताको पक्षमा उभिएको छ । बरु जनतालाई सही बाटो र दिशाको जरुरी पर्दछ । आज नेपालमा माओवादीले गौरवपूर्ण र ऐतिहासिक भूमिका पूरा गर्दैछ ।

जनताको सपना शान्ति र समृद्धिको छ । शान्ति र समृद्धि कसरी प्राप्त हुन्छ ? भन्ने विषय आज महत्वपूर्ण छ । शान्ति समृद्धिलाई हेर्ने, बुझ्ने, विश्लेषण गर्ने र प्राप्त गर्ने विभिन्न धारणाहरू छन् ।

प्राप्त गर्ने धारणा र प्राप्त गर्ने ठोस पहलकदमी नै आज विवाद, बहस र निष्कर्षको विषय छ । सिधा शब्दमा भन्न’पर्दा शान्ति र समृद्धिलाई वर्गीय स्वार्थ, वर्गीय प्रतिबद्धता र वर्गीय दृष्टिकोणअनुसार बहस गर्दै निष्कर्ष निकाल्ने गरेको पाइन्छ ।

ठीक यही सन्दर्भममा नेपालमा शान्ति समृद्धिलाई सबै दल, सबै संस्था र सबै शक्तिको मुखमा झुण्डिएको छ र प्रचार नियमित गरिन्छ किनभने यो आफैँमा लोकप्रिय, कर्णप्रिय र शान्तिपूर्ण शब्द हो ।

यही शब्दको शब्दजालभित्र कतिपयले जनतालाई भ्रम दिने र आफ्नो स्वार्थ पूरा गर्ने गरेको छन् । शान्ति र समृद्धिको प्रस्तावहरू कसरी अगाडि सारेको छन् त केही प्रस्तावकहरूको संक्षिप्त चर्चा गर्ने प्रयत्न गरिएको छ ।

शान्ति, समृद्धि र संसदिय राजनीतिक दलहरू– नेपालका संसदवादी दलहरूले यो लोकप्रिय नारा मुख–मुखमा झुण्डिएको छन् । उनीहरू शान्ति, विकास, निर्माण आर्थिक प्रगतिको कुरा गर्दछन् ।

ठीक यहाँनेर उनीहरू के बुझ्दैनन् भने स्वाधीनता, सार्वभौमिकता, जन अधिकारजस्ता महत्वपूर्ण जनताका नैसर्गिक अधिकारहरूलाई बेवास्ता गर्दछन् ।

जब कि यी विषयहरू शान्तिसँग गाँसिएका छन् . जनताका गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगार जस्ता विषयहरू राज्य उनीहरूको नजरमा बेप्रवाह छ ।

यी विषयहरू उठाउँदा दमन गरिन्छ र आतंककारीको रूपमा व्यवहार गरिन्छ अनि कसरी प्राप्त हुन्छ त शान्ति ? जब शान्ति छैन त कसरी प्राप्त हुन्छ त समृद्धि ?

त्यसैले संसदवादी दलहरूको शान्ति र विकासले जनतालाई निराश बनाउने निष्क्रिय बनाउने अभियान हो बढ्दै जाँदा विदेशीहरूको दाश बनाउने प्रपञ्च हो ।

विकासको नाममा भोका मान्छेलाई कनिका छरे जस्तै छर्ने, त्यही पनि संस्थागत भ्रष्टाचार र नाङ्गो भ्रष्टाचारको माध्यमद्वारा केही म’ट्ठीभर पहलकर्ताहरू मोटाउने अभियान हो ।

केही मुट्ठीभरहरूलाई सबै पुगेको छ र पहुँच पनि छ अनि आम जनतालाई अभाव छ पहुँच पनि छैन । यसो प’गेका र पहुँचवालालाई त शान्ति छ तर अभाव र गरिबीमा उभिएका जनतालाई केको शान्ति ?

यहीँनेर शान्तिलाई हेर्ने र दृष्टिकोण प्रस्ट देखिन्छ । शान्तिको लागि केही मुट्ठीभर हैन आम बहुमत जनता सन्तुष्ट हुनुपर्दछ, सहभागी हुनुपर्दछ ।

अब स्पष्ट भन्न सकिन्छ कि संसदवादी दलहरूको शान्ति र समृद्धि त पालो पालो गरी जनतालाई लुट्ने, विदेशी पशुहरूलाई कस्ले बढी खुसी बनाउने जनताको अधिकारहरूलाई कसले बढी दमन गर्ने विषयसँग सम्बन्धित छ ।

जो फेल भएको पुरानो असफल व्यवस्था हो, जसलाई सचेत जनताले प्रस्ट बुझिसकेको विषय हो । संसद्वादी दलहरूको तरिकाले शान्ति र समृद्धि हैन ।

द्वन्द्व र विकराल स्थिति ल्याउँछ । जनता र केही मुट्ठीभरहरूको बीचमा डर लाग्दा असमानताका खाडहरू ल्याउँछ ।

शान्ति, समृद्धि र सङ्घ संस्थाहरू : शान्ति र समृद्धि प्रचार गर्दै केही सङ्घ संस्थाहरू लाखौंलाख पैसाहरू उडाइरहेका छन् । उनीहरू प्रचारात्मक रूपले न्याय, अधिकार (मानव अधिकार) सचेतताजस्ता अभियानहरू चलाइरहेका छन् तर उनीहरूले प्राप्त गर्ने विधि सचेतनालाई मात्र बनाउँदछन् ।

प्रचार प्रसारको क्रममा प्रयोग देश विदेशको बजेटलाई संस्थागत रूपमा, कागजपत्र मिलाएर झ्वाम्म पार्दछन् । उनीहरू जनसम्पर्कका दृष्टिकोणले जनतामा जान सक्छन् । केही जनतालाई भ्रममा राख्न पनि सफल हुन्छन् तर उनीहरूको अभियान पनि बजेट फछ्र्यौट गर्ने र केही मान्छेहरूलाई सन्तुष्ट बनाउने बाहेक अरू हुँदैन । अझ कतिपय सङ्घ संस्था त समृद्धिको नाराभित्र विदेशी संस्कृति, धर्म, रीतिरिवाज चालचलन ल्याएर गाउँ गाउँमा सहरका टोल टोलमा द्वन्द्वको सृष्टिसमेत गर्दछन् । ती सङ्घ संस्थाहरूको वास्तविक अभियान भनेको नेपाली जनताको शान्ति र समृद्धिलाई कहिले पूरा हुन नदिने अथवा जनता अधिकारका लागि नलडुन् भन्ने उद्देश्य नै हो । यस्तो अभियानले झन् द्वन्द्व झन् विकृत, झन् अशान्ति मात्र निम्त्याउँछ ।
शान्ति समृद्धि, क्रान्तिकारीहरूः शान्तिको लागि जनताले अधिकार पाउनुपर्दछ । समृद्धिको लागि शान्ति सहित आम जनता सहभागी हुनुपर्दछ । ठीक आज नेपालमा शान्ति समृद्धिको सपना वास्तविक रूपमा क्रान्तिकारीहरूले बोकेका छन् ।

शान्तिको लागि वर्गीय विभेदको अन्त्य हुनुपर्दछ । शान्तिका लागि जनताका नैसर्गिक अधिकारहरूको सम्बोधन हुनुपर्दछ । जब जनता अधिकार सम्पन्न ह’न्छ अनि जनता शान्तिमा भाग लिन्छ ।

निश्चित रूपमा भोकै बसेर, अन्यायमा परेर, विदेशीको दास बनेर कसरी शान्ति ल्याप्चे लगाउन सक्छ ? खास गरेर ने.क.पा. (माओवादी) ले शान्ति र समृद्धिको एजेन्डा अगाडि सार्दै यही कुरा अगाडि सारेको छ कि, आम जनतालाई नैसर्गिक अधिकारबाट सम्बोधन गरौं । समाजमा केही मैमत्त मुट्ठीभरहरूको राइँदाइँ अन्त्य गरौं, नेपालको परम्परागत राज्य संरचना प्रणालीलाई बदलौं ।

खास कुरा शान्ति र समृद्धिमा जनतालाई सहभागी बनाऔं । यदि कसैले इमानदार पूर्ण तरिकाले अथवा भ्रम बस शान्ति र समृद्धिको कल्पना गरेको छ भने वर्तमान असफल राज्य प्रणाली र संरचनाबाट सम्भव छैन ।

त्यसका लागि आम जनताको सहभागितामुलक र स्वीकार्य उन्नत व्यवस्थाबाट मात्रै सम्भव छ । वर्गीय उत्पीडन र सबै खाले उत्पीडनको अन्त्य गर्ने जनताका सबैखाले अधिकारको सम्मान गर्ने, राष्ट्रको मामिलामा आन्मनिर्भर तरिकाले एकताबद्ध तरिकाले जनतालाई परिचालन गर्ने नयाँ व्यवस्था जसलाई जनवादी व्यवस्था भनिन्छ त्यसबाट मात्रै सम्भव छ ।

निष्कर्ष– शान्ति समृद्धिका ससन्दर्भमा धेरै बहसहरू छन् । धेरैले यसलाई नाराको रूपमा अगाडि सारेका छन् । शान्ति र समृद्धिको लागि क्रान्तिकारी परिवर्तनबाट मात्रै सम्भव छ, राजनीतिक स्थायित्वबाट मात्र सम्भव छ ।

अझ राजनीतिक क्रान्ति (परिवर्तन) पूरा भएको छैन । अब राष्ट्रले एउटा क्रान्ति गर्नुपर्दछ, एउटा राजनीतिक स्थायित्व लिनुपर्दछ, त्यसको नेतृत्व ने.क.पा. (माओवादी) ले गर्दछ । अतः वास्तविक नेपालको शान्ति, समृद्धिका लागि जनताले चाहेको सुदिन, सुव्यवस्था ल्याउन ने.क.पा. (माओवादी) द्वारा अंगीकार गरिएको एकीकृत जनक्रान्तिको प्रस्ताव क्रान्तिकारी विकल्प बन्दै गएको छ ।