१ कार्तिक २०८३, शनिबार

डा. बाबुराम भट्टराई जापान आउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr-Baburam-Bhattarai-2-copy
जापान । यहि सेप्टेम्बर १८ तारीक आईतबार नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टीको प्रवासी संगठन अन्तराष्ट्रिय नेपाली समाज जापान (INS Japan) ले आयोजना गरेको “नेपालको समग्र विकास र समृद्धिको लागि प्रवासी नेपालीहरुको भुमिका तथा आवश्यक्ता” बिसयमा सम्वोधन गर्न जापान आउनुहुने कार्यक्रम रहेको छ।
देश निर्माणमा नयाँ शक्तिले अवलम्वन गरेका निती तथा कार्यक्रमहरु र त्यसमा विदेशमा बस्ने नेपालीहरुको भुमिका बारे प्रष्ट पार्न डा. बाबुराम भट्टराई र प्रवास प्रादेशिक समितीका संयोजक नवराज सुवेदी जापान आउनुहुने कार्यक्रम रहेको छ। कार्यक्रम सुगीनामी कु उमेजातो १-२२-३२ सेसन सुगीनामी हल टोकीयो, जापानमा हुनेछ।
१८ तारीकको कार्यक्रम आन्तरिक र खुल्ला गरी दुई चरणमा बिभाजन गरिएको छ। बिहान १० बजे देखी सुरु हुने आन्तरिक कार्यक्रममा राष्ट्रिय भेलाको भाव सम्प्रेषण तथा प्रशिक्षण कार्यक्रम रहेको र १ बजे बाट हुने खुल्ला कार्यक्रममा “नेपालको समग्र विकास र समृद्धिको लागि प्रवासी नेपालीहरुको भुमिका तथा आवश्यक्ता” बिषयमा छलफल हुनेछ साथै उक्त खुल्ला छलफल कार्यक्रममा अष्ट्रेलिया, कतार तगाएतका देशहरुबाट नयाँ शक्तिका प्रतिनिधिहरु, नेपाली दुतावासका प्रतिनिधिहरु एन आर एन ए जापानका प्रतिनिधिहरु, अन्य राजनितीक संघ संगठनका प्रतिनिधिहरु, सामाजिक संस्थाका प्रतिनिधिहरु, व्यवसायी, पत्रकार लगायत जापान बासी नेपालीहरुको ठुलो उपस्थिति हुने कार्यक्रम रहेको छ।
सम्पुर्ण जापान वासी नेपालीहरुलाई उक्त छलफलमा सहभागी हुनको लागी अन्तराष्ट्रिय नेपाली समाज जापान (INS Japan) अपिल गर्दछौं “अबको निकास, आर्थिक विकास, सम्भव छ सम्वृद्धि हाम्रै पालामा” भन्ने नारा सहित स्थापना भएको नयाँ शक्ति पार्टीले आर्थिक विकासको लागी अंगालेको निती कार्यक्रम जापान बासी सबै नेपालीहरु सुन्न र बुझ्न आउनुहुन आग्रह गर्दै, हाम्रो पालामा विकास गर्ने नयाँ शक्ति अन्तिम विकल्प भएकोले यो अभियानमा प्रत्यक्ष सहभागी भएर देश बिकासको निम्ति आफु भित्र रहेका रचनात्मक, प्राबिधिक र बौधिक क्षमताको प्रयोग गर्नुहुन पनि सबैमा अनुरोध गर्दछौं।
यस कार्यक्रमले छोटो समयमा नै जापानमा स्थापित भएको नयाँ शक्तिको प्रवासी संगठन अन्तराष्ट्रिय नेपाली समाज जापान (INS Japan) मा थप ब्यक्तिहरु आकर्षित हुने कुरा त छदैछ त्यो भन्दा महत्वपूर्ण कुरा जापानमा रहेका नेपाली ब्यवसायीहरु नयाँ शक्तिको योजना अनुरूप नेपालमा लगानी गर्ने संभावना बढ्ने र अन्य जापानबासी नेपालीहरु पनि देश निर्माण अभियानमा जुट्न मद्दत गर्ने कुरामा विश्वस्त रहेका छौ।
संयोजक डा: भट्टराई पार्टीको कोरिया स्थित प्रवासी संगठनले आयोजना गरेको भेलालाई सम्बोधन गरी जापान आउनेछन् । संयोजक डा: भट्टराइले जापान भेलालाई बिशेष महत्व दिएको बुझिएको छ ।