काठमाडौं, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको प्रमुख तीन दलको बैठक सुरु भएको छ ।
प्रचण्डको निजी सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटार जारी बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, संविधान संशोधन, सीमांकन र आयोग गठनलगायतका विषयमा छलफल भइरहेको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ नेता झलनाथ खनाल लगायत दोस्रो तहका नेताहरु सहभागी छन् ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् ।
















प्रतिक्रिया