काठमाडौं, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालयले चीनका राष्ट्रपति सी जिङपिङको भम्रमण रद्द नभएको जनाएको छ ।
प्रधानमन्त्री दाहालका पुत्र तथा दोस्रो तहका स्वकीय सचिव प्रकाश दाहालले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल तोकिएकै मितिमा हुने बताएका हुन् । प्रकाशले कुनै ठूलो उथलपुथल बाहके सी जिङपिङको भ्रमण नरोकिनए बताएका छन् ।
‘चीनका राष्ट्रपतिको नेपाल भ्रमण रोकिएको छैन । भनिएकै समयमा हुनेछ’, प्रकाशले भनेका छन्, ‘ठूलै उथलपुथल बाहेक त्यो भ्रमण रोकिने पनि छैन । यो यथार्थ हो ।’
‘अर्को योपनि सत्य हो कि चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालका र बाह्य केही शक्तिको निद हराम भएको छ । चीनका राष्ट्रपति नेपाल आउने त्योपनि धेरै वर्षको अन्तरालमा । यो सबै नेपालीको लागि खुशीको कुरा हो’, प्रकाशले स्ट्याटसमा भनेका छन्, ‘यो केवल प्रचण्डलाई मात्र जोडेर र उहाँको मात्र सफलतासँग जोडिएको कुरा हैन । समग्र नेपालीको लागि एउटा कोसेढुंगा हो । अनाश्यक यो विषयलाई अतिरञ्जित र भ्रम छर्ने काम ठीक होला र ?’
काठमाडौंबाट प्रकाशित हुने अन्नपूर्ण पोष्ट दैनिकले बुधबारको आफ्नो अंकमा चिनियाँ राष्ट्रपति सी जिङपिङले दशैँमा गर्ने भनिएको नेपालको भ्रमण रद्द गरेको समाचार छापेको थियो । समाचारका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री दाहालको निजी सचिवालयले समाचारको खण्डन गरेको हो ।
प्रचण्डका पुत्र एवम स्वकीय सचिव प्रकाशले स्ट्याटसमा भारततर्फ संकेत गर्दै बाह्य शक्तिको निद हराम भएको उल्लेख गरेका छन् ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई लिएर विशेष गरेर छिमेकी मुलुक भारतलाई टाउको दुःखाई भएको छ । भारत चिनियाँ राष्ट्रपति सी जिङपिङको भ्रमण नहोस् भन्ने चाहन्छ । त्यसका लागि उसले आफ्ना सबै संयन्त्र प्रयोग गरिरहेको स्रोतको भनाइ छ ।
भारतले नै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा अनावश्यक हल्लाहरू फैलाएर वातावरण विथोल्न खोजेको आरोप चीनका विषयमा जानकारहरूले लगाएका छन् ।











प्रतिक्रिया