२८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्डले बोलाएको प्रमुख दलको बैठकमा एमाले अध्यक्ष ओली नजाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli-Prachanda-750x410

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको प्रमुख तीनदलको बैठकमा एमाले अध्यक्ष केपी ओली सहभागी नहुने भएका छन् ।

भारत भ्रमणको एजेण्डा तय गर्नको लागि प्रधानमन्त्री प्रचण्डले बुद्धिजीवि, परराष्ट्रविद तथा व्यवसायीसँग छलफलमा व्यस्त छन् ।

पछिल्लो राजनीतिक परिस्थिती र भ्रमणको एजेण्डा तय गर्नकै लागि भनेर प्रचण्डले प्रमुख दलको बैठक बोलाएपनि एमाले अध्यक्ष केपी ओली बैठकमा सहभागी नहुने ओलीको सचिवालयले बताएको छ ।

उपचारका लागि थाइल्याण्ड गएका कारण यो भन्दा अगाडी बोलाइएका प्रमुख दलको बैठकमा पनि ओली सहभागी थिएनन् । एमालेका अन्य नेता भने उक्त बैठकमा सहभागी हुने बताइएको छ ।