२८ कार्तिक २०८३, शनिबार

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रद्द हुँदा को भयो खुसी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chinese-president-prachanda-681x355

– कमलराज भट्ट / टिप्पणी

काठमाडौँ, २२ भदौ । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढल्नुको रहस्य एकपछि अर्को गरी खुल्दैछ ।

ओली सरकारले चीनसँग पनि राम्रो सम्बन्ध कायम गरेपछि भारत ओली सरकारसँग असन्तुष्ट बनेको सार्वजनिक भएको थियो । अझ चिनियाँ राष्ट्रपति नेपाल आउने तयारी भएपछि भारत झनै झस्किएको थियो । खासगरि, चिनियाँ राष्ट्रपतिको भ्रमणका बेलामा नेपालमा दूरगामी प्रभाव राख्ने बृहत परियोजनाहरुमा सम्झौता गर्ने योजना बनेको थियो । उक्त परियोजनाहरुमा हस्ताक्षर भए भारतको नेपालमा प्रभाव विस्तारै कम हुँदै जाने भन्दै भारतीय पक्ष आत्तिएको थियो । फलस्वरुप ओली सरकार ढाल्न भारत र काँग्रेसको योजनामा प्रचण्डलाई प्रयोग गरिएको आरोप लागेको थियो । तर, राजनीतिक घटनाक्रमलाई हेर्दा ओली सरकार ढल्नु र त्यस लगत्तै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण पनि रद्द गराइनुमा भारतीय चाहना रहेको प्रष्टै देखिएको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रद्द भएकोमा भारतीय अधिकारीहरु निकै खुसी देखिएका छन् । भारतीय पत्रिकाहरुमा उनीहरुले व्यक्त गरेको प्रतिक्रिया नै यसका लागि पर्याप्त छ ।

अझ चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रद्द भएकोमा निकै चिन्तित नदेखिएका प्रधानमन्त्री पुष्पकमल दाहाल भारत जान भने निकै हतार देखिएका छन् । आसन्न भारत भ्रमणको तयारीमा व्यस्त रहेका दाहालले बुधबार पनि सरोकारवालाहरुसंगको छलफललाई निरन्तरता दिए । भारत भ्रमणका सन्दर्भमा उठेका विषय र एजेण्डाहरुबारे छलफल गर्न उनले बुधबारको समय पूर्वपरराष्ट्रमन्त्रीहरुलाई दिएका हुन् ।

प्रचण्डलाई स्वागत गर्न आफूहरु निकै आतुर रहेको प्रतिक्रिया भारतीय अधिकारीहरुले भारतीय मिडियामा दिइरहेका छन् । हरेक सरकार परिवर्तन हुनासाथ प्रधानमन्त्रीहरु हाम्फालेर भारतको शरणमा पुग्छन् । एकजना कम्युनिष्टलाई विस्थापित गरेर बनेका अर्का कम्युनिष्ट प्रधानमन्त्रीले भारत जान अहिले नै मरिहत्ते गर्न जरुरी छ कि छैन् ? चीनको चित्त दुखाएर आखिर भारतको सहायतमा मात्रै कहिलेसम्म टिक्छ सरकार ?