काठमाडौं, २२ भदौ । चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण स्थगित भएसँगै भारतमा खुसीयाली छाएको छ ।
भारतकै योजना बनेको भनिएको पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई नेपालीहरुले चीनका राष्ट्रपतिको भ्रमण स्थगित हुनु ठूलो झड्का भनिरहेका बेला भारतीय सञ्चारमाध्यमले यसलाई भारतको खुसीयालीको रुपमा प्रस्तुत गरेका छन् ।
उनीहरुले भारत भ्रमणको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वागत गर्न भारत आतुर रहेको सन्देश पनि सार्वजनिक गरेका छन् ।
समाचारमा चीनका राष्ट्रपतिको भ्रमण किन रद्ध भयो भनेर दुई वटा कारण पनि उल्लेख गरिएको छ ।
भारतले बोलाएकै मितिमा भ्रमणमा जाने प्रचण्डको तयारी
चीनका राष्ट्रपतिको भ्रमण स्थगित भएको खबर आइरहँदा यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने भारत भ्रमणको तयारीमा लागेका छन् । उनी भारतले तोकेको मितिमा भ्रमणमा जाँदैछन् । जबकी नेपालका राष्ट्र प्रमुख छिमेकी राष्ट्रको भ्रमणमा जाँदा नेपाल सरकारले नै मिति तय गर्नुपर्ने हो । तर, अहिलेसम्म मन्त्रिपरिषद्ले भ्रमणको मिति तोकेको छैन् तर, प्रचण्ड भारतले बोलाएको मिति अर्थात १५ तारिख (आज ७ तारिख)मा नयाँदिल्ली प्रस्थान गर्दैछन् । आफूले बोलाएकै मितिमा भ्रमणमा आउन तयार भएपछि भारतले प्रचण्डको भव्य स्वागत गर्ने समाचारमा जनाइएको छ ।
के कारणले स्थगित भयो चिनियाँ राष्ट्रपतिको भ्रमण ?
भारतीय मिडियाका अनुसार केही मुद्दालाई लिएर चीन नेपाल सरकारको रवैयाबाट असन्तुष्ट छ । महत्व दिदादिँदै नेपालले चीनको वन वेल्ट–वन रोड परियोजनामा तत्परता नदेखाएको र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा ध्यान नदिएको भन्दै असन्तुष्ट बनेको चीनका राष्ट्रपति सीले भ्रमण रद्ध गरेको उल्लेख छ । प्रचण्डको नेतृत्वमा सरकार आएपछि चीन भन्दा नेपालले भारतलाई धेरै महत्व दिएकोमा पनि चीनको असन्तुष्टि छ ।












प्रतिक्रिया