हामी नेपाली हाम्रो नेपाल बिश्व भरि फैलिएर रहेका देशभक्त नेपाली अनि ८ हजार मिटर उचाइमा रहेको उच्च नेपाल त्यसमा पनि सधै बिश्व चिनाउने उच्च शिर रहेको ८ हजार ८४८ मिटर सगरमाथा त्यो सगरमाथा भन्दा पनि केहि मिटर वा फिटमाथि रहेको नेपाली राष्ट्रियता झल्काउने राष्ट्रिय नेपाली झन्डा सधै उच्च र ठाडो नै रहन्छ । त्यसैले बिश्वभरका देशभक्त नेपालीहरुको गौरब मानिन्छ । प्रथम सगरमाथा आरोही एडमण्ड हिलारी विदेशी भएपनि सगरमाथा सफल आरोहण पश्चात आफ्नो देशको राष्ट्रिय झन्डासँगै नेपाली झन्डा सगरमाथा भन्दा केहि फिट माथि नै ठाडो पारि सूर्य, चन्द्र अंकित नेपाली झन्डा फहराएका थिए । त्यसैले पनि हामी दाबीका साथ भन्न सक्छौं कि नेपाली झण्डाको पहिचान विश्वका जति पनि धनि, बिकसित र शक्तिशाली देशका झन्डा भन्दा उच्चमा र सधै ठाडो नै रहेको छ । यो धुर्ब सत्य कुरा हो । यो पहिचान र इतिहास अमेरिका, जापान लगायत यूरोपियन शक्तिशाली, बिकसित धनी राष्ट्रहरुले पनि मेटाउन र परिबर्तन गर्न सक्दैनन् । त्यसैले नेपाली झन्डा हामी देशभक्त नेपालीको सधै उच्च र ठाडो शिर नै हो । यसलाई हामीले सधै ठाडो र उचाइमै राख्नुपर्दछ । झन्डाको बिधिबिधान अनुसार आफ्नै ब्याख्या, मूल्य र मान्यता त होलान । त्यो नेपालभित्रको कुरा हो तर, बिश्वसामु चिनाउन सधै उच्च र ठाडो गरि राख्नुपर्दछ । झन्डा नेपालीहरुको सामुहिक शिर हो । हामीले नेपाली पहिचानको लागि लगाउने नेपाली पोशाक दौरा सुरुवाल र टोपी पनि नेपाली पहिचान हो तर त्यसलाई त्यति महत्वको रुपमा हेरिदैन । हामीले शिरमा लगाउने नेपाली पहिचानको टोपी पनि सगरमाथा जस्तो उच्च वा चुच्चो बनाई लगाउने चलन छ तर, पनि नेपाली पहिचानको लागि टोपी त लगाइन्छ त्यो टोपी लगाउने व्यक्तिको चाहना अनुसार चुच्चो, थेप्चो जसरि लगाएपनि हुन्छ । चुच्चो आकार मै लगाउनु पर्दछ भन्ने छैन । टोपी भनेको शिरमै लगाउने भने पक्का हो । त्यसैले नेपाली राष्ट्रियता झल्काउने धेरै कुरा छन् तर, नेपाली झन्डा जहाँ हामी पुग्छौ त्यहाँ सधै उच्च र ठाडो नै देखिनु पर्दछ भन्ने मेरो व्यक्तिगत विश्लेषण हो । हाम्रो नेपाली देशप्रेमी जनताको चाहना पनि हो भन्ने लाग्दछ । हामी प्रबासमा जहाँ जुन ठाउमा हामी पुग्छौ त्यहाँ नेपाली झन्डा देख्दा खुसीले गद्गद् हुन्छौ ।
अहिले नेपालीहरु बिश्वका धेरै भन्दा धेरै मुलुकहरुमा नेपालको राजनीतिक अस्थिरता, आर्थिक विपन्नता कारण, शिक्षाआर्जन, रोजगारीको निम्ति लगायत विभिन्न प्रयोजनमा धेरै सचेत बौद्धिक युवाहरु बिदेशी भूमिमा पसिना बगाई रहेका छन् भने कति त गैरआबासिया नेपाली (जसलाई एनआरएन भनेर सम्बोधन गरिन्छ) भएर बाच्नुपर्ने बाध्यता छ । त्यहि पनि हामी नेपाली एक पटकको नेपाली सधैको नेपाली भन्ने नारा अगाडी सार्दै आएका छौ । यसको मतलब होकी हामी गैर आबसिय भएपनि नेपाल हाम्रो पनि हो । जन्मभुमि हो भन्ने मनन् गर्दै राष्ट्र भक्ति चिन्ता ब्यक्त गर्दै नेपालको हरेक दुःख सुखमा साथ दिने जमर्को गरेकै हुन्छन । बिदेशी मुलुकमा रहेपनि आफ्नो कार्य व्यस्ततालाई मिलाई आफनो थकान भुल्दै कहिले काही नेपालको कला, संस्कृति, चाडपर्ब सबै नेपाली मिलि मनाउदै आएका हुन्छन । यति मात्र होइन प्रबासमा नेपालको हरेक जातजाति भाषा वर्गका जातीय, क्षेत्रिय, धार्मिक, सांस्कृतिकरुपमा सामाजिक संघ संगठन स्थापना गर्ने र आ आफना पहिचानको कार्यक्रम गर्ने होड नै चलेको देखिन्छ । नेपालको राजनैतिक पार्टीका हरेक मुलुकमा विभिन्न नामले प्रबास कमिटी बनाउदै अदृश्य रुपमा आफ्नो पार्टीका निर्देशन अनुसार कार्यक्रम गर्दै आएको देखिन्छ । हामी प्रबासमा भएकै कारणले गर्दा होला नेपालमा भन्दा प्रबासमा नेपाल र नेपालप्रतिको माया र राष्ट्र भक्ति, राष्ट्रबादी भएको देखिन्छ किनभने प्रबासमा जति नै राजनैतिक होस् या जातीय, क्षेत्रिय सामाजिक संघ सस्थाहरुले आ आफनो कार्यक्रम गर्दा नेपाली पहिचानको पोशाकसहित सहभागी भएको देखिन्छ भने नेपाली पहिचानको झन्डा हरेक कार्यक्रमको मंचमा फहराएको देखिन्छ । यसको मतलब होकी हामी नेपाली हौ । हामी जहाँ भएपनि नेपालको माया हाम्रो जातीय, क्षेत्रियत भन्दा पहिलो नेपाल नै हो भन्ने लाग्दछ । नेपालमा पनि हरेक सामाजिक संघ सस्थाको कार्यक्रम त भएको देखिन्छ तर आफ्नै संगठनको झन्डा मात्र देखिन्छ । त्यतिमात्र होइन नेपालमा आफूहरुलाई राष्ट्रबादी भन्ने राजनीतिक पार्टीहरुले सगै आफ्ने पार्टीको झन्डा सहित नेपाली झन्डा फहराउन हिच्किचाएको देखिन्छ । नेपाली झन्डालाई नै भुलेर पहिलो झन्डा आफनो राजनैतिक पार्टीको हो भन्ने सम्झन्छन तर प्रबासमा बस्ने तिनै राजनैतिक पार्टीका प्रबास कमिटिहरुले भने हरेक कार्यक्रममा आफनो राजनैतिक पार्टीको झन्डा सहित नेपाली झन्डा कार्यक्रम स्थलमा देखिने गरि राखेका हुन्छन त्यसैले पनि नेपालको झण्डाको महिमा प्रबासमा बढी देखिन्छ ।
त्यसैले राष्ट्र भक्ति नेपालीले झन्डाको महत्व र अर्थ सकेसम्म गहिराइमा होइन भने सतहिमा भए पनि बुझ्नु पर्दछ । मैले प्रबासमा भएका हरेक संघ सस्थाको कार्यक्रम नजिकबाट नियाली रहेको छु । विभिन्न सामाजिक संघ सस्थाका कार्यक्रम हुन् या नेपालबाट बिशिष्ट उच्च ओहदाका मन्त्री, पूर्व मन्त्रीहरुको विदेश भ्रमणको शिलशिलामा आउँदा स्वागत तर सम्मान गर्ने चलन छ भने उक्त कार्यक्रममा नेपाली झन्डा र स्थानीय देशको झन्डा संयुक्त राख्ने चलन छ । त्यतिबेला भने नेपाली वा हरेक मुलुकको राष्ट्रिय झन्डा कहाँ, कसरि राख्ने भन्ने कुरा संबेदनशील भै राख्नुपर्दछ किन कि नेपालका राष्ट्रिय व्यक्तित्वसंगै बढी स्थानीय होस् या बिश्वभरीले चासो राख्ने गर्दछन । कमिकमजोरी भएमा नेपाल अनि नेपालीकै बेइज्जत हुनसक्छ । त्यसैले हामीले हामी देशको पहिचान, पहिचान मात्र भनेर गलत तरिकाबाट झन्डा प्रयोग गरियो भने गलत अर्थ लाग्न पनि सक्छ जस्तै नेपालको संबिधान अनुसार नेपाली झन्डा सधै सिधा र ठाडो हुनुपर्दछ । झन्डा त होनी जसरि राखेपनि हुन्छ भनेर सूर्य, चन्द्रलाई बिपरित दिशा फर्केर, तेर्साे पारेर, अनि केहि झुकाएर राख्दा पनि त्यसले अर्थको अनर्थ लिन्छ । हामीले झन्डा राष्ट्रियताको लागि, खुसिको लागि झन्डाको प्रयोग गर्दछौ तर नेपालको संबिधान अनुसार झन्डा झुकाउनु भनेको नेपाल शोकमग्न छ भन्ने बुझिन्छ । सिधा भन्नुपर्दा झन्डा झुकाउनु भनेको कुनै राष्ट्रिय शोक सभामा मनाउनु हो । त्यसैले झन्डा सहि तरिकाले प्रयोग गरिएन भने गलत अर्थ लाग्दछ र हाम्रा विशिष्ट व्यक्तिहरुलाई त्यति त्यो कुरामा ध्यान नहुन सक्छ । त्यसको पब्लिक जवाफदेही भने बिशिष्टहरु नै हुन्छन र हाम्रो नै बेइज्जत हुनसक्छ बरु झन्डाको महत्व र प्रयोग गर्न जानिदैन भने झन्डा नराख्दा पनि बेश हुन्छ । राख्नै पर्दछ भन्ने कुनै बाध्यता छैन । मलाई कुनै एक पूर्व विशिष्ट बिदेशी मुलुकमा भ्रमण आउदा त्यस्तै भएको याद छ । जुन कुरा सामाजिक संजालमार्फत बिदेशिले नै झन्डा गलत प्रयोग भएको भनि कमेन्ट लेखेको कुरा बारम्बार झझल्को आइरहेको छ । जुन आधिकारिक आयोजक व्यक्ता ज्युहरुले देख्नुभयो कि नै तर मैलाई त्यो विदेशीले सामाजिक संजालमार्फत कमेन्ट लेखेको कुराले पिरोल्यो । त्यस कार्यक्रमको आयोजक त म होइन तर नेपाली भएको नाताले हुनु स्वाभाविक होला भन्ने ठान्दछु ।
अन्तमा आदरणीय राष्ट्रप्रेमी, देशभक्त समाजसेबी ज्युहरु तपाईहरुले नेपाल प्रति देखाएको माया, प्रेम, सद्भाव सहयोग प्रति म सामान्य नेपाली शुभ चिन्तक, दर्शककप्रति आभारी छु । तर, मेरो के सुझाब छ भने कार्यक्रममा नेपाली झन्डा प्रयोग गर्दा के कति अप्ठ्यारा स्थान, समय अपुग, आर्थिकको अपुग आदि आदि पनि होला र त झन्डा गलत प्रयोग गर्नु बाध्यता तपाईहरुलाई नै थाहा हुन्छ तर बाहिरी दर्शकले त केवल भन्न सजिलो हुन्छ । त्यहि पनि केहि त्यस्ता बाध्यता छन् भने प्रयोग नै गर्नुपर्छ भन्ने छैन नगर्दा पनि हामी राष्ट्र प्रेमी नेपाली नै हौ । नेपालप्रति त्यति नै माया छ तर अर्थको अनर्थ लाग्ने गरि प्रयोग गरियो भने के हुन्छ ? हामी सबैले बुझनुपर्दछ ।
पोखरा ११, कास्की
हाल, पोर्चुगल















प्रतिक्रिया