३१ आश्विन २०८३, शनिबार

मीरा राईलाई ५ लाख उपचार खर्च दिने सरकारको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mira-rai

काठमाडौँ, २१ भदौ । सरकारले ‘पराधाविका’(अल्ट्रा रनर) मीरा राईको उपचारका लागि रु पाँच लाख सहयोग गर्ने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको सिफारिस बमोजिम अर्थ मन्त्रालयले राईलाई उक्त रकम दिने निर्णय गरेको अर्थमन्त्रीका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “अब बस्ने मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय गरेपछि मीराले उक्त सहयोग रकम पाउनुहुनेछ ।”

हालै भएको दौड प्रतियोगिताका क्रममा घाइते भएकी राई अहिले इटालीको भेरोना अस्पतालमा उपचार गराइरहनुभएको छ । नेपाली चेली राई गत वर्ष फ्रान्समा आयोजक सहित इटाली, स्पेन जस्ता देशका चर्चित धाविकलाई पछि पार्दै महिलातर्फको ८० किमी मोन्ट ब्लक म्याराथुनमा विश्व च्याम्पियन बन्नुभएको थियो ।

उहाँ माओवादीका पूर्वअयोग्य लडाकु पनि हुनुहुन्छ । रासस