काठमाडौैं, २१ भदौ । पूर्वमन्त्री श्यामसुन्दर गुप्तासँग मिलेर सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाकी प्रेमिकालाई ब्ल्याकमेलिङ गर्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिल पण्डित पक्राउ परेका छन् ।
म्यानपावर व्यवसायी डीआईजीकी प्रेमिका तारा रेग्मीलाई धम्क्याउन पूर्वमन्त्री गुप्तालाई सघाएको आरोपमा भैंसेपाटी प्रहरी प्रभागका प्रमुख इन्सपेक्टर पण्डितलाई गुप्तासँगै नियन्त्रणमा लिएको ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए ।

अदालतबाट ११ महिना १० दिनको सजाँय पाएकी म्यानपावर व्यवसायी तारा रेग्मीसँग मुद्दा मिलाइदिने भन्दै गुप्ताले प्रहरी निरीक्षक पण्डितको सहयोगमा ५० लाख मागेका थिए । पैसा नदिए फसाइदिने भन्दै दुवै जना मिलेर ब्लाकमेलिङ गरेको खुलेको छ ।
तारालाई पूर्व डीआईजी रन्जन कोइरालाकी कान्छी श्रीमती भनेर चिनिन्छ । उनकै प्रेममा परेर रञ्जनले जेठी श्रीमती गीता ढकालको हत्या गरेका थिए । हाल रञ्जन जेल सजायँ काटिरहेका छन् । हत्यामा रन्जनलाई सघाएको भन्दै तारालाई अदालतले जेल सजाँय तोकेको थियो । ताराबाट प्रहरी निरीक्षक पण्डितले ७५ हजार रुपैयाँ लिएको पनि खुलेको छ ।
प्रहरी निरीक्षक पण्डित र गुप्ताबीच डिल्लीबजार कारागारमा सई भएका बेला चिनजान भएको थियो । सईबाट बढुवा भएर ३ महिनाअघि मात्र भैंसेपाटी गएका पण्डितलाई प्रहरीले निलम्वन गर्ने तयारी गरेको छ ।












प्रतिक्रिया