१ कार्तिक २०८३, आइतबार

ओबामाको चेतावनीपछि चीन आक्रामक, बढायो युद्धपोतको तैनाथी

31.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

xjp-obama-climate

काठमाडौं, २१ भदौ । दक्षिण चीन सागरमा चीन र अमेरिकाबीच युद्धको संकेत देखिएको छ ।

अमेरिकी राष्ट्रपति बराक ओबामाले चीनलाई आक्रामक गतिविधि प्रदर्शन नगर्न र आफ्नो आक्रामक ब्यवहारको परिणाम भोग्नुपर्ने चेतावनी दिएपछि चीनले विवादित समुद्री क्षेत्रमा युद्धको तयारी अघि बढाएको छ ।

फिलिपिन्स र चीन दुवैले दावी गर्दै आएको जलक्षेत्रमा चीनले युद्धको तयारी गरेपछि तनाव बढ्ने अनुमान गरिएको छ ।

फिलिपिन्सका रक्षामन्त्री डेलफिन लोरेनजानाले सोमबार फिलिपिन्सको रक्षा मन्त्रालयले संकलन गरेका ६ वटा चिनियाँ तटरक्षक जहाज तथा अन्य जहाजका तस्विर सार्वजनिक गरेका छन् ।

विश्लेषकहरुका अनुसार चीनले दक्षिण चीन सीमामा युद्ध भए लड्न तयार रहेको संकेत दिएको छ । साथै चीनले दक्षिण चीन सीमामा आफ्ना युद्ध पोत र सैनिक तैनाथीमा पनि वृद्धी गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

चीनले समुद्री क्षेत्रको विवदास्पद इलाका फाइअरी क्रश, सुबी र मिसचिफ रिफ्समा युद्धपोत हाउजिङको निर्माण गरेको छ ।

सोमबार मात्र अमेरिकी राष्ट्रपति बराक ओबामा जी २० सम्मेलनको लागि चीन पुग्दा अपमानित भएका थिए ।

त्यसपछि ओबामाले अन्तर्राष्ट्रिय कानुन मान्नुपर्छ भनेर होईन् त्यसमाथिको विश्वास भएर हामीले पालना गरेका हौँ जुन दिर्घकालिनरुपमा सबैको हित हुन्छ भनेर एउटा अन्तवार्तामा भनेका थिए ।

केही समय अघि मात्र चिनियाँ राष्ट्रपति शी जिनपिङले आफ्नो देशको सेनालाई युद्ध जित्नका लागि तयार रहन आदेश दिएका थिए ।

चीनमा सैनिक प्रणाली निक्कै अत्याधुनिक हुँदै गएपनि युद्ध लड्ने र जित्ने क्षमता भने नरेहेको अमेरिकाको निष्कर्ष छ ।