काठमाडौैं, २१ भदौ । महिला व्यवसायी धम्क्याउने पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई सघाएको आरोपमा प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिल पण्डित पक्राउ परेका छन् ।
गुप्तालाई सघाएको आरोपमा भैंसेपाटी प्रहरी प्रभागका प्रमुख इन्सपेक्टर पण्डितलाई गुप्तासँगै नियन्त्रणमा लिएको ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए ।
अदालतबाट ११ महिना १० दिनको सजाँय पाएकी म्यानपावर व्यवसायी तारा रेग्मीसँग मुद्दा मिलाइदिने भन्दै गुप्ताले प्रहरी निरीक्षक पण्डितको सहयोगमा ५० लाख मागेका थिए । रेग्मी पूर्व सशस्त्रका पूर्व डीआईजी रन्जन कोइरालाकी कान्छी श्रीमती हुन् ।
कोइरालाकी जेठी श्रीमतीको हत्यामा रन्जनलाई सघाएको भन्दै रेग्मीलाई अदालतले जेल सजाँय तोकेको थियो । तारा रेग्मीबाट प्रहरी निरीक्षक पण्डितले ७५ हजार रुपैयाँ लिएको पनि खुलेको छ ।
प्रहरी निरीक्षक पण्डित र गुप्ताबीच डिल्लीबजार कारागारमा सई भएका बेला चिनजान भएको थियो । सईबाट बढुवा भएर ३ महिनाअघि मात्र भैंसेपाटी गएका पण्डितलाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगेको छ ।















प्रतिक्रिया