३० आश्विन २०८३, शुक्रबार

सम्भोग गर्दा ठूलो आवाज निकाल्ने युवतीलाई जेल सजायँ

7.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

relationshipएजेन्सी । अमेरिकाको पेल्सिलवेनियामा एक युवतीलाई यौन सम्पर्क गर्ने क्रममा ठूलो स्वरमा आवाज निकालेको भन्दै जेल सजायँ सुनाइएको छ ।

एक अंग्रेजी पत्रिकाका अनुसार अमेंडा मेरी वारुफेल नामकी २५ वर्षीय यी युवतीविरुद्ध उनकै छिमेकीले प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि हंगामा गर्ने र ह्यारेसमेन्टको घटना पनि दर्ता भयो ।

पुलिस केस दर्ता गराउँदै एक छिमेकीले अमेंडाको पोख खोल्दै भनिन्– ‘अमेंडाले शारीरिक सम्बन्ध राख्दा फर्निचर पुरै हल्लिरहेको थियो । वरीपरीका मानिसलाई निकै डिस्टर्ब भइरहेको थियो । र सबैले अमेंडाविरुद्ध उजुरी दर्ता गराउन सहमत जनाएका थिए । त्यसपछि म यहाँ आए ।’

उनले अगाडि भनिन्– ‘अमेंडा आफ्ना साथीसँग यौन सम्बन्ध बनाइरहेकी थिइन् । त्यो समयमा उनको आवाज पनि एकदमै ठूलो थियो । यो क्रममा बेड, ड्रेसर आदी वस्तु हल्लिन् थाले । हामी सबैलाई लाग्यो कि भूकम्प आइरहेको छ ।’

स्थानीय अदालतले अमेंडालाई तीन महिनाको जेल सजायँ सुनाएको छ । छिमेकमा रहने परिवारहरुले कोर्टले सही सजायँ दिएको प्रतिक्रिया दिएका छन् । अब उनीहरु राहत महसुस गरिरहेका छन् । स्थानीयका अनुसार अमेंडा यस्तो क्रियाकलाप विगत दुई वर्षदेखि गर्दै आएकी थिइन् । एक दिन त उनले अति नै गरिन् । टोलमा भूकम्प आएजस्तै भयो । त्यसपछि छिमेकीहरु पुलिसमा उजुरी दर्ता गरेका थिए ।