हिन्दु महिलाहरुको महान चाड तीज ऋषि पञ्चमी मनाएर विधिवत रुपमा समाप्त हुन्छ । श्रीमतीले निराहर व्रत बसी श्रीमानको लामो आयुको कामना गर्दै तीज पर्व मनाइन्छ । तीज पर्व त सकियो अब पालो ऋषि पञ्चमीको । आखिर के हो त ऋषि पञ्चमी ? किन मनाइन्छ ऋषि पञ्चमी ? यस सम्बन्धि भ्रम र सत्य के छन् त ?
धार्मिक मान्यता अनुसार ऋषि पञ्चमी सप्त ऋषिहरुको पुजा आरधाना गर्ने पञ्चमी हो । यो पर्वलाइ महिलाहरुले एक वर्ष भरि गरेका पाप पखाल्ने दिन को रुपमा लिन्छन् ।
ऋषिपञ्चमी तीजसँगै जोडिएर आउँछ । तीजमा श्रीमानको लामो आयुको कामना गर्दै व्रत बस्ने गरिन्छ । त्यसकै एक दिन पछि ऋषिपञ्चमी मनाइन्छ । तीज श्रीमानको लामो आयुको लागि र ऋषिपञ्चमी शरीर शुद्धताको लागि । तीज र ऋषिपञ्चमी दुवै पर्वबाट महिलाहरु अपमानित भएका छन् । यसतर्फ महिलाहरुले सोच्नु आवश्यक छ । चाडपर्व मनाउने नाममा आफू कसरी ठगिदै छ त्यसमा ध्यानकेन्द्रित गर्नु आवश्यक छ ।
खोला किनारमा गई अपमार्गको दतिउन लगाएर, माटो र पानीले शरिर पखालेर महिलाहरु शुद्ध हुने गर्दछन् । महिनावारी हुँदाको समयमा गरेको पापबाट उन्मुक्ति पाउन ऋषि पञ्चमी पर्व मनाइन्छ । के साँच्चिकै एक वर्ष भित्र गरेको पाप त्यसरी पखाल्दा पखालिएला त ? खोलाको किनारमा नुहाउदैमा, माटाले शरिर माड्दैमा पाप पखालिन्छ त ? यसलाई वैज्ञानिक कोण र सामान्य दिमाग लगाएर हेरौ न । यी सबै अन्धविश्वालाई निरन्तरता दिने कुरा मात्र हुन् । चाडपर्वको नाममा हामीले निरन्तरता दिएको पितृसत्तात्मक सोच मात्र हो ।
के साँच्चिकै महिनाबारी हुनु महिलाको लागि पाप हो त ? अनि महिनबारी भएको बेलामा कहीँ कतै कसैलाई छुनु पाप कर्म हो त ? महिनावारी महिलाहरुको नियमित प्रक्रिया हो । अरु समयभन्दा यो समयमा महिलाहरुले स्वास्थ्य सरसफाईमा विशेष ख्याल राख्नु पर्छ । तर महिनावारीलाई नै जोडेर शुद्ध अशुद्धको अवधारणा ल्याउनु विलकुल गलत हो । महिनावारी भएको समयमा पुरुषलाई छुन नहुने, भान्सा कोठामा जान नहुने, मठमन्दिरमा जान नहुने जे जति मान्यताहरु छन् ती सब महिलामाथि गरिएको विभेद हुन् । महिलालाई नियन्त्रण, बन्धनमा राख्ने पुरुषवादी सोच हो । यो वन्धनबाट महिलाहरु बाहिर निस्कनु जरुरी छ ।
महिलाहरुले पाप पखाल्नै पर्ने त्यस्तो के पाप गरेका हुन्छन् र ? पाप पखाल्दैमा पखालिने चिज पनि होइन । पाप र धर्म अर्थात शुद्ध अशुद्धको अवधारणा ल्याउनु राम्रो कुरा हो तर त्यसमा महिलालाई नै कमजोर र दोषि बनाउनु सरासर अन्याय हो । उनीहरु माथि गरिएको शोषणको परकाष्ठ हो ।
ऋषिपञ्चमी तीजसँगै जोडिएर आउँछ । तीजमा श्रीमानको लामो आयुको कामना गर्दै व्रत बस्ने गरिन्छ । त्यसकै एक दिन पछि ऋषिपञ्चमी मनाइन्छ । तीज श्रीमानको लामो आयुको लागि र ऋषिपञ्चमी शरीर शुद्धताको लागि । तीज र ऋषिपञ्चमी दुवै पर्वबाट महिलाहरु अपमानित भएका छन् । यसतर्फ महिलाहरुले सोच्नु आवश्यक छ । चाडपर्व मनाउने नाममा आफू कसरी ठगिदै छ त्यसमा ध्यानकेन्द्रित गर्नु आवश्यक छ ।
सबैभन्दा महत्वपूर्ण कुरा मानव विकास हो । शिक्षा, स्वास्थ्य, क्षमता र ज्ञानले नै मानिसलाई अर्थपूर्ण बनाउँछ । स्वतन्त्रताको अनुभुत गराउँछ । यसले नै सामाजिक संरचनालाई पनि परिवर्तन गराउँछ र देश समृद्ध अर्थात विकासको बाटोमा अघि बढ्नेछ । त्यसैले तीज र ऋषिपञ्चमीलाई समृद्धि र विकासको पर्व कसरी बनाउने यस बारेमा सबैले सोचौ । चाडपर्वलाई महिला माथि संस्कृतिको नाममा हिँसा हैन सम्मान गर्ने पर्व बनाऔँ ।















प्रतिक्रिया