१ कार्तिक २०८३, शनिबार

अफ्रिकामा पनि मनाइयो तीज (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nigeria111

न्युयोर्क । एनआरएनएका अफ्रिकास्थित युगान्डा, नाइजेरिया र केन्यास्थित राष्ट्रिय समन्वय समितिहरुले नेपाली महिलाहरुको महान पर्ब तीजको अबसरमा कम्पाला, लेगोस र नैरोबिमा तीज कार्यक्रमहरु आयोजना गरेका छन ।

एनआरएनएका आइसिसी सदस्य जीवनाथ पंगेनीका अनुसार कम्पालामा एनआरएनए युगान्डाको आयोजनामा कम्पालास्थित आँगन रेस्टुरेन्टमा भब्यताका साथ तीज मनाइएको थियो ।

यसैगरी एनआरएनए नाइजेरियाको आयोजनामा पूर्व आइसिसी सदस्य सन्जीव क्षेत्रीको निवास लेगोसमामा तीज कार्यक्रम आयोजना गरिएको थियो । त्यसैगरी नैरोवीमा एनसिसी केन्याको आयोजनामा तीजको भब्य कार्यक्रम सम्पन्न भएको महासचिब कृष्णदत्त भट्टले जानकारी गराउनु भएको छ ।

uganda111  nigeria222 kenya111