३१ आश्विन २०८३, शनिबार

अन्तर विद्यालय बास्केटबलमा रेडिअन्ट र ग्रिनफिल्डको जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ra 1काठमाडौं, २० भदौ । चौथो रेडिअन्ट अन्तर विद्यालय बास्केटबल प्रतियोगिता अन्तर्गत सिनियर छात्रतर्फ आयोजक रेडिअन्टसहित मण्डला इन्टरनेशनल, निम्स, हिमालयन, महामञ्जुश्री, ग्यालेक्सी, राइजिङ स्टार, ग्रिनफिल्ड, इनोभेटिभ, ग्रामर पब्लिक, एलआरआई, माउन्टग्लोरी चागल, नेपाल सेन्टर, एक्सेसियर, पेनउड र पुष्पसदन प्रिक्वाटरफाइनल पुगेका छन् । प्रिक्वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछ ।

प्रतियोगिता अन्तर्गत आइतबार भएका सिनियर छात्रतर्फको खेलमा आयोजक रेडिअन्टसहित ग्रिनफिल्ड, पुष्पसदन, इनोभेटिभ र ग्रामर पब्लिक स्कुलले विजय हासिल गरेका छन् ।

स्युचाटारस्थित रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको कोर्टमा भएको सिनियर छात्रतर्फको खेलमा आयोजक रेडिअन्ट स्कुलले एक्सेसियर स्कुललाई ४३–२१ स्कोरले पराजित ग-यो । रेडिअन्टको जितमा रञ्जन दाहालले सर्वाधिक १९ स्कोर गरे ।

सिनियर छात्रकै अन्य खेलमा ग्रिनफिल्डले गौरीशंकर स्कुललाई ४१–१५ को फराकिलो अन्तरले पराजित गरेको छ । ग्रिनफिल्डका लागि निकेशले १४ स्कोर गरे ।

सिनियर छात्रतर्फकै अर्को खेलमा पुष्पसदन स्कुलले लोयल्टी स्कुललाई ४३–३३ स्कोरले पाखा लगाएको छ । पुष्पसदनको जितमा अभिषेकले सर्वाधिक २२ स्कोर गरे । सिनियरकै खेलमा इनोभेटिभले जेनिथ स्कुललाई ३७–९ स्कोरले पराजित ग-यो ।

इनोभेटिभलाई जिताउन रायनले ८ स्कोर गरे । सिनियर छात्रतर्फकै अर्को खेलमा ग्रामर पब्लिक स्कुलले एपेक्स लाइफ स्कुललाई २३–१६ स्कोरले पराजित ग¥यो । ग्रामरको जितमा रमनले १२ स्कोर गरे ।

जुनियर छात्रतर्फको खेलमा दुई खेल खेलेको आयोजक रेडिअन्ट स्कुलले एकमा जित र एकमा हार बेहो-यो । पहिलो खेलमा निम्सलाई ६–२ स्कोरले पाखा लगाएको रेडिअन्ट दोस्रो खेलमा पिपुल्ससंग १८–१० स्कोरले स्तब्ध बन्यो ।

आयोजक स्कुललाई स्तब्ध बनाउन पिपुल्सका अजय घलेले १० स्कोर गरे । जुनियर छात्रतर्फको अन्य खेलमा ग्रिनफिल्डले इनोभेटिभलाई १३–१२ को साँघुरो अन्तरले पाखा लगायो ।

ग्रिनफिल्डका लागि उमेशले ६ स्कोर गरे । जुनियरतर्फकै खेलमा सचिनको ६ स्कोरको मद्दतमा स्वर्णिम स्कुलले हर्टल्याण्ड स्कुललाई ८–६ स्कोरले पराजित ग-यो ।

रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलले विगत पाँच बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आइरहेको चौथो संस्करणको प्रतियोगितामा सिनियर छात्रतर्फ २३ र जुनियर छात्रतर्फ १६ विद्यालयले प्रतिस्पर्धा गरिरहेका छन् ।

विनासकारी भूकम्पले बाफलको विद्यालय भवनमा क्षति पुगेपछि गत बर्ष प्रतियोगिता आयोजना गर्न सकेन् । प्रतियोगिताको फाइनल खेल भदौ २४ गते हुनेछ ।