२८ कार्तिक २०८३, शनिबार

देउवा र निधिलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार छैन : एमाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shankar pokharelकाठमाडौं, २० भदौ । नेकपा एमालेका नेता शंकर पोखरेलले कांग्रेसलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार नभएको बताउनु भएको छ ।

रिपोर्टर्स क्लव नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा पोखरेलले भन्नुभयो, ‘विगतमा हामीले आन्दोलनकारीसँग सहमति गरेर मात्रै संविधान संशोधन गरौं भन्दा कांग्रेसले नै दुईवटा विषयमा मात्रै संशोधन गरौं र मधेसीको सबै माँग सम्बोधन हुन्छ भनेको र हामीले सोही बमोजिम संविधान संशोधन गरेका हौं, फेरि अर्को संशोधन भन्ने अधिकार कांग्रेसलाई छैन् ।’

पोखरेलले भन्नुभयो, ‘कसैका लागि आवश्यक नभएको विषयमा कांग्रेस किन रुचि राख्छ, यसमा कांग्रेसले क्षमायाचना गर्नुपर्छ, अर्को सहमति नभएसम्म संशोधनको कुरा गर्ने अधिकार काँग्रेस, पार्टीका सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिलाई छैन् ।’

उहाँले भन्नुभयो, ‘निधिजीले पहिलोपटक संशोधन गर्दा आफूले जिम्मा लिने कुरा गर्नुभएको थियो, अब फेरि कुन नैतिकताको आधारमा संशोधन गर्ने कुरा गर्दैहुनुहुन्छ ?, निधीले सार्वजनिक रुपमा माफी नमाँगेसम्म संशोधनको कुरा गर्ने नैतिक अधिकार छैन ।’

संविधानले कुनै पनि समुदायलाई विभेद नगरेको उल्लेख गर्दै नेता पोखरेलले भन्नुभयो, ‘यो सविधानले कसैलाई विभेद गरेको छैन, केही सामाजिक विभेदहरु छन्, तर संवैधानिक विभेद छैन् ।’

संविधान संशोधन गर्ने कुरामा एमाले बाधक अरु साधक बनेको भनेर हल्ला फैलाइएको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘मधेसी मोर्चाको आन्दोलन संविधान संशोधनको लागि भन्दापनि एमालेको विरोधको लागि मात्र हो, एजेण्डामा होइन् ।’