काठमाडौं, २० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौं आइपुगेका छन् ।
थाइल्याण्डको बैंककमा स्वास्थ्य उपचार गराएर पूर्वप्रधानमन्त्री ओली सोमबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता, कायकर्ता र समर्थकहरुले भव्य स्वागत गरेका छन् ।
उनको स्वागतका लागि सयौ युवा विमानस्थल बाहिर प्रतिक्षा गरिरहेका छन् ।
भदौ ९ गते पत्नी राधिकासहित थाइल्याण्ड प्रस्थान गरेका ओली पर्यटकीय स्थलको अवलोकनका लागि इण्डोनेसियासम्म पुगेका थिए ।












प्रतिक्रिया