२८ कार्तिक २०८३, शनिबार

एक्लिए उपेन्द्र यादव, मधेसी मोर्चाले छाड्यो साथ

31.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha Upendra Yadavकाठमाडौं, २० भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको कार्यशैली र व्यवहारका कारण संघीय गठबन्धनभित्रको बिबाद एकाएक बाहिर आएको छ ।

गठबन्धनका संयोजक समेत रहेका यादवले आइतबार बोलाएको शीर्ष नेताहरूको बैठक मधेसी मोर्चा आबद्ध चार मधेस केन्द्रित दलहरूले बहिष्कार गरेपछि बिबाद बाहिर सतहमा आएको हो ।

गठबन्धनको शीर्ष बैठकलाई महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकले बहिष्कार गरेका थिए । बैठक बहिष्कार गरेको विषयमा चार दलले केही बताएका छैनन् ।

तर, यी चार दलका नेताहरूले गठबन्धनले गरेको निर्णयलाई भने अस्वीकार गरिदिएका छन् । संविधान संशोधनका लागि मस्यौदा तयार पार्न बनाइएको ११ सदस्यीय कार्यदलको औचित्य र गठन प्रक्रियामा ती दलहरूका साथै कार्यदलमा रहेका संयोजक लक्ष्मण लाल कर्ण तथा अन्य सदस्यहरूले कठोर प्रतिक्रिया दिएर अस्वीकार गरेका छन् ।

स्रोतका अनुसार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवको कार्यशैली र व्यवहारबाट दिक्क भएर मधेसी मोर्चाका चार दलले आफ्ना कुनै पनि प्रतिनिधि बैठकमा नपठाएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार गठबन्धन र मधेसी मोर्चाले असोज ३ गतेका लागि सार्वजनिक गरेको कार्यक्रमलाई लिएर बिबाद भएको हो ।

सरकारलाई मतदान गरेको मधेसी मोर्चा र संघीय गठबन्धनले आन्दोलनलाई पनि निरन्तरता दिँदै आएको छ ।

असोज ३ गते ब्ल्याक आउटका साथै कालो दिवसका रुपमा मनाउने निर्णय गरेका गठबन्धन र मधेसी मोर्चाको बिबादले कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रश्न उब्जाइ दिएको छ ।