काठमाडौं, २० भदौ । मार्भलस इङलिस स्कुल सातौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
मार्भलसले काठमाडौं इङलिस स्कुल (केईएस) लाई ३२–३० को साँघुरो अन्तरले पराजित ग-यो । मार्भलसका गणेश कार्कीले १० अंक जोडे ।
प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमै मार्टियर्स, चाँदबाग र एसियन पब्लिक सेमिफाइनलमा पुगे ।
मार्टियर्सले हेम्सलाई ३४–२५ ले हरायो । मार्टियर्सका इमरान हुसैनले २३ अंक जोडे । प्रशान्त गुरुङको २२ अंक सहयोगमा चाँदबागले अक्सिडेन्टललाई ३५–२६ ले पाखा लगायो ।
एसियनले अल्बर्टमाथि ३२–६ को सहज जित दर्ता ग-यो । एसियनका रजिन तामाङले २३ अंक बटुले । सेमिफाइनलमा एसियनको भेट मार्टियर्ससंग हुनेछ भने मार्भलसले चाँदबागको सामना गर्नेछ ।















प्रतिक्रिया