१ कार्तिक २०८३, आइतबार

सिरियाबारे सहमति नहुनुमा रसिया दोषीः अमेरिका

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

America-10चीन, २० भदौ । अमेरिकाले सिरिया द्वन्द्वबारे सहमतिमा पुग्नज नसक्नुमा रसिया दोषी रहेको आइतबार बताएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसअघि सिुरिया द्वन्द्व अन्त्यका लगि सहमति गर्न रसिया र अमेरिका चौबिसै घण्टा लागिपरेको बताउनुभएको थियो ।

विश्व अर्थतन्त्रका प्रमुख बिस प्रमुख अर्थतन्त्रको समूह ‘जि–ट्वान्टी’ को शिखर सम्मेलनका क्रममा चीन आउनुभएका अमेरिकी राष्ट्रपति ओबामाले भन्नुभयो, “सिरिया द्वन्द्व समाधत्रानक लागि लागिपरे पनि यसलाई सल्टाउन निकै कठिन छ । यो साह्रै कठिन काम देखिएको छ ।”

अमेरिकाले सिरिया समस्या सम्बन्धमा हल भएका भनिएका मुद्दाबाट पुनः पछि हटी फेरि यसमा छलफल चलाउनुपर्ने बताएपछि अहिलेलाई सहमति प्रयास अन्त्य भएको बताउनुभयो ।

राष्ट्रपति ओबामाले अमेरिकी विदेशमन्त्री जोक केरी र रसियाली विदेशमन्त्री सर्गेइ लाभरोभ यस विषयमा हाङझाउमा सोमबार पुनः भेट गर्ने बताउनुभयो ।

अमेरिकी विदेशमन्त्री केरीले भन्नुभयो, “हामी आज आइतबार राति केही विषयमा पुनःविचार गर्दैछौँ । यसमा एक दुई तर जटिल मुद्दाबारे पुनःमूल्याङ्कन गरी सोमबार पुनः भेट्ने योजना छ ।” उहाँले जटिल मुद्दा के हुन् भन्नेबारे कही बताउन चाहनुभएन । – एएफपी