काठमाडौं, १९ भदौ । अमेरिकी राष्ट्रपति बराक ओबामा चीन पुगेका बेला चिनियाँ अधिकारीहरुले ओबामाका स्टाफलाई हप्काएका छन् ।
जी-२० सम्मेलनमा भाग लिन ओबामा चीन पुगेका हुन् । उनी चीनको विमानस्थल पुग्दा त्यहाँ झगडाको स्थिति आएको बताईएको छ ।
ओबामा विमानस्थलमा पुग्दा चिनियाँ अधिकारीहरुले एक निलो डोरी ढाँगेर पछाडी रिपोर्टर्सहरुलाई धकेलेका थिए र डोरी नाघ्न खोजेपछि चिनियाँ सुरक्षा अधिकारीहरुले ओबामाका एक जना स्टाफलाई सुरक्षा नियम मिचेको भन्दै यो देश चीनको हो, विमानस्थल पनि चीनकै हो भनेर हप्काएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=lP21t3SVsKY
















प्रतिक्रिया