१ कार्तिक २०८३, आइतबार

बङ्गलादेशमा इस्लामी पार्टीका प्रमुख नेता अलीलाई झुण्ड्याइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mir kasem ali bangladesh-1

ढाका, १९ भदौ । बङ्गलादेशमा सबैभन्दा ठूलो इस्लामी दलका प्रमुख आर्थिक सहयोगी तथा व्यापारीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ भने मुसलमान बहुसङ्ख्यक जनता बसोबास गर्ने समस्याग्रस्त यस मुलुकमा यसबाट उक्त दललाई ठूलो धक्का पुगेको ठानिएको छ ।

सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेश स्वतन्त्र हुँदा भएका सङ्घर्षमा हत्या तथा अपहरण गरेको आरोपमा जमात–ए–इस्लामीका प्रमुख नेता मिर कसेम अलीलाई एक विवादास्पद अदालतले दोषी ठहर गरेपछि शनिबार मृत्युदण्ड दिइएको हो ।

कसेमलाई राजधानीबाट उत्तरमा पर्ने गाजिपुर कारागारमा उच्च सुरक्षा व्यवस्थासाथ झुण्ड्याइएको थियो । उनको शरीरलाई अन्त्येष्टि गर्न मणिकगञ्ज जिल्लास्थित उनकै पैत्रिक गाउँमा प्रहरीले लगेको थियो ।

स्थानीय प्रहरी प्रमुख नजरुल इस्लामले उनका परिवारका दर्जनौँ सदस्य अन्त्येष्टि प्रार्थनामा सहभागी भएको बताउनुभयो ।

प्रधानमन्त्री शेख हसिना वाजेदको धर्मनिरपेक्ष सरकारले यो अदालत सन् २०१० मा गठन गरेको हो । यसपछि मृत्युदण्ड पाएका जमातका प्रमुख व्यक्तिमा अली पाँचौँ हुन् ।

यस अदालतले मुलुकलाई विभाजन गरेको छ र यसलाई जमात तथा प्रमुख प्रतिपक्षी बङ्गलादेश नेसनालिस्ट पार्टीले आफ्नो नेताको अन्त्य गर्ने छलको रूपमा लिएका छन् ।

गृहमन्त्री असादुजामान खानले इस्लामी समूहलाई गैरकानुनी क्रियाकलाप नगर्न चेतावनी दिनुभएको छ । रासस/एएफपी