काठमाडौं, १९ भदौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार स्वदेश फर्किदैछन् ।
ओली बैंककबाट भोलि दिउँसो ठिक १२ बजे काठमाडौं आइपुग्ने निजी सचिवालयले जनाएको छ ।
स्वास्थ उपचारका लागि यही भदौ ९ गते थाइल्याण्ड प्रस्थान गरेका ओलीले बैंककको बुमरुङगार्य अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।
स्वास्थ्य परीक्षणपछि ओलीले इण्डोनेसियाका पर्यटकीय स्थलको अवलोकन भ्रमण गरेका थिए । ओलीको साथमा श्रीमती राधिका शाक्य र सहयोगी राजेश बज्रचार्य र एमाले नेता विष्णु रिमाल रहेका छन् ।
झण्डै १० दिनपछि स्वदेश फर्किन लागेका अध्यक्ष ओलीलाई स्वागत गर्न युवाहरु तयारी अवस्थामा रहेका छन् । ओली आउने भएपछि सामाजिक सञ्जालदेखि चौतर्फी चर्चा भइरहेको छ ।
साथै उनको स्वागतको लागि एयरपोर्टमा उपस्थित हुन पार्टीका नेता, कार्यकर्तादेखि देशप्रेमी तथा विकास प्रेमीलाई एमालेले आह्वान गरेको छ ।












प्रतिक्रिया