१ कार्तिक २०८३, शनिबार

पूर्वप्रधानमन्त्री ओलीको हावाबाट बिजुली निकाल्ने योजना खारेज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

wind-energy-Kp-oli-plane

काठमाडौं, १९ भदौ । देशलाई लोडसेडिङमुक्त बनाउने लक्ष्यसहित पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको हावाबाट बिजुली निकाल्ने योजना खारेज भएको छ ।

लगानी बोर्डको कार्यालयले आइतबार पत्रकार सम्मेलन गरेर पूर्व प्रधानमन्त्री ओलीको हावाबाट बिजुली निकाल्ने प्रस्तावलाई खारेज गरेको हो । ओली नेतृत्वको तत्कालिन सरकारले बोर्डलाई हावाबाट बिजुली निकाल्न प्रस्ताव गर्ने बेलायती कम्पनीसँग समन्वय गर्ने जिम्मा दिएको थियो ।

तर, बीचमै ओलीको सरकार ढल्यो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार बन्यो । प्रचण्ड सरकारका उर्जामन्त्री जनार्दन शर्माले एक वर्षभित्र देशलाई लोडसेडिङ मुक्त गर्ने कुरालाई हावादारी भनिरहेका छन् । यहीबेला ओलीले नेपालीलाई अध्यरोबाट उज्यालोमा पुगाउने उद्देश्यसहित ल्याएको योजना तुहिएको हो ।

हावाबाट विजुली निकाल्ने मकवानपुरको स्टेशन
हावाबाट विजुली निकाल्ने मकवानपुरको स्टेशन

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले हावाबाट बिजुली निकाल्न प्रस्ताव गर्ने कम्पनीका प्रस्ताव बोर्डले धेरै पहिला नै रद्द गरेको बताउँदै तत्काल त्यो योजना अघि नबढ्ने बताए ।

बेलायती कम्पनीले एक वर्षभित्र तीन सय मेगावाट र तीन वर्षमा तीन हजार मेगावाट विद्युत निकाल्ने प्रस्ताव गरेको थियो ।

ओली योजना खारेज भएपनि हाल नेपालमा मकवानपुर, मुस्ताङ, सिन्धुलीलगायतका ठाउँमा सानो परिमाणमा हावाबाट बिजुली उत्पादन भइरहेको छ ।